२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

जेनजी आन्दोलन: सुदूरपश्चिमका अधिकांश कारागार खाली, १४०० कैदीबन्दी फरार

२५ भदौ, धनगढी । जेनजी आन्दोलन चर्किएसँगै सुदूरपश्चिम प्रदेशका बाजुरा बाहेकका सबै जिल्ला कारागारका कैदीबन्दी भागेका छन्। मंगलबार प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरूले नै कारागारमा पुगेर कैदीहरूलाई मुक्त गराएका हुन्।

प्रदेश प्रहरीका अनुसार ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी फरार भएका छन्। कैलाली कारागारका ७०० कैदीमध्ये सबै भागेका छन् भने कञ्चनपुरमा ४७६ कैदीमध्ये २२ जना मात्र कारागारमै बसिरहेका छन्। बझाङमा पनि ८५ मध्ये ६६ जना भागेका छन्।

यसैबीच, पाँच जना भागेका कैदीलाई प्रहरीले पुनः नियन्त्रणमा लिन सफल भएको जनाएको छ। हाल बाजुराको कारागार मात्रै सुरक्षित रहेको छ भने बाँकी प्रायः जिल्ला कारागार खाली भएका छन्।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।