२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

“सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल टोखाबाट पक्राउ”

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी र विश्वासघातको कसूरमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई टोखाबाट पक्राउ गरेको हो।

अग्रवाललाई ठगी र विश्वासघातको अभियोगमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीले अनलाइनखबरलाई जानकारी दिए। प्रहरीले उनले करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा कारबाही अघि बढाएको जनाएको छ।

सेयर कारोबारमार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीहरूलाई ठगी गर्दै आएका अग्रवालविरुद्ध नेपाल धितोपत्र बोर्डले पनि अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको हो।

सेयर बजारमा धेरैले आदर्श लगानीकर्ता मान्ने अग्रवालले सस्तोमा सेयर किन्ने र महँगोमा बिक्री गर्ने रणनीति अपनाउँदै आएका थिए। उनले आफूले सेयर खरिद गरेपछि सामाजिक सञ्जालमार्फत अन्य लगानीकर्तालाई पनि सेयर किन्ने उक्साहट दिने, मूल्य निश्चित तहसम्म पुर्‍याइने भनेर झूठो आश्वासन दिने गर्थे। तर, लगानीकर्ताले खरिद गर्न थालेपछि उनी आफ्नै सेयर बिक्री गर्दथे।

यस्तै, अग्रवालले करिब १५ वटा कारोबार व्यवस्थापन प्रणाली (TMS) खाता सञ्चालन गर्दै आएका थिए। ती खाताहरू प्रयोग गरी उनले आफैं सेयर खरिद गर्ने र आफैं बिक्री गरेर कृत्रिम रूपमा मूल्य बढाउने काम गर्दै आएका थिए। मूल्य एक निश्चित तहमा पुगिसकेपछि सस्तोमा किनेका सेयर महँगोमा बिक्री गर्थे।

उनले अन्य व्यक्तिका कारोबार खाता पनि आफैं सञ्चालन गर्ने, धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने रकममा विभिन्न बहाना बनाई भुक्तानी नगर्ने जस्ता कार्यहरू गरेका थिए। साथै, एक कारोबार खाताबाट अर्को खातामा पैसा ट्रान्सफर गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।