२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

पोखरामा बिटी कप जारी, राष्ट्रिय फुटसल खेलाडी लामालाई सम्मान


पोखरा ।  
बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शुक्रबार) लामालाई सम्मान अर्पण गरेको हो ।
 
राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् ।‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो पनि उद्देश्य हो, क्लबका अध्यक्ष गुरुङले भने, ‘यसले हाम्रो प्रतियोगिताको गरिमा पनि बढाएको छ ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।