२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

ईशान शर्माको हत्यारा पक्राउ गरी कारबाही गर्न माग

पोखरा ।
रुपन्देहीका सिनियर ब्यूटिसियन रमा शर्मा पौडेलको छोरा ईशान शर्माका हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्न ब्यूटिपार्लर एशोसियसन गण्डकी प्रदेशले ध्यानाकर्षण गराएको छ । रुपन्देही कन्चन गाउँपालिका वडा नं ३ धौलागिरी चोकका इशान शर्माको केही दिन अगाडी हत्या भएको थियो । उक्त घटनाको दोषी पत्ता लगाई कडा भन्दा कडा कनुनी कारबाहीको माग गर्दै ब्यूटिपार्लर एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष बबिता केसी कार्कीले एक विज्ञप्ती जारी गरेकी छिन ।

जारी विज्ञप्तीमा भनिएको छ । हामी सबै सचेत नागरिक तथा ब्यूटिपालएर एशोसियसन गण्डकी प्रदेश गहिरो दुःखका साथ ईशान शर्मा पौडेलसंग सम्बन्धित घटनप्रचि गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ ।
घटना घटेको यतिका दिन सम्म घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथी कडा कारबाही नहुनु अत्यन्तै दुखद र चिन्ताजनक बिषय हो विज्ञप्तीमा भनिएको छ । कानुन सवैका लागि समान हुनुपर्छ भन्ने आधारमा यस घटनामा संलग्न जो कोही भएपनि तत्काल पक्रा गरी कडा कनुनी कारबाही गर्न समेत विज्ञप्तीमार्फत माग गरिएको छ ।

कार्कीले जिज्ञप्ती मार्फत घटनाको निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान गरियोस, दोषीलाई कुनै दवाब र प्रभाव विना कानुनअनुसार कडा सजाय दिइयोस, पीडित परिवारलाई न्याय, सुरक्षा र विश्वास दिलाइयोस, अनुसन्धानको प्रगति नियमित रुपमा सार्वजनिक गरियोस, न्याय ढिलो हुनु भनेको न्याय नहुनु हो, इशानलाई न्याय नपाएसम्म हामी आवाज उठाइरहने बताइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।