२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

पोखराको बिभिन्न ठाँउबाट ब्राउनसुगर सहित ५ जना पक्राउ

पोखरा ।
पोखराको विभिन्न ठाउँबाट कास्की प्रहरीले लागू औषध ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिशुवा कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले विभिन्न पाँच जनालाई ३१.०८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सुचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

सुचना अधिकारी पाण्डेका अनुसार पक्राउ पर्नेमा पोखरा ३१ बेगनासका ३० वर्षिय मिलन क्षेत्रीलाई १.८ ग्राम ब्राउन सुगर सहित र उनीसंगै संलग्न रहेका पोखरा ३० बेगनासकै अतित थापा, त्यसैगरी पोखरा २७ रिट्ठेपानी घर भई हाल पोखरा ३० शिशुवा बस्ने २३ वर्षिय हसन भण्डारीलाई ११ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । भण्डारी संगै मादी गाउँपालिका ३ घर भइ हाल पोखरा २७ शिसुवा बस्ने ३९ वर्षिय उदिप गुरुङको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखरा २६ जलधारे बस्ने ४३ वर्षिय बिक्की परियारको साथबाट १९ ग्राम ब्राउन सुगर, डिजिटल मेसिन १ थान र मोबाइल १ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनालाई लागू औषध सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालत मार्फत पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।