२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

घोराही ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले छोटो दुरीमा धेरै पर्यटकीय स्थलको अबलोकन गर्न पाइने र आनन्दको अनुभव गर्न पाइने पोखरा एक अनुपम स्थल रहेको चर्चा गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिले प्राकृतिक ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने नारासहित घोराही आइपुगेको टोलीलाई स्वागत गर्दै उनले यस्तो चर्चा गरेका हुन् ।

पर्यकटन क्षेत्र देशको आर्थिक मेरुदण्ड रहेको बताएका उनले पोखरा यसको मुख्य केन्द्र रहेकोमा दुईमत नरहेको धारणा राखे । सरसफाई, व्यवसायीक वातावरण तयार पार्ने कूरामा पोखरा महानगर र व्यवसायीको सहकार्य उदाहरणीय रहेको उनले बताए ।

उनले अहिले सकारात्मक धारणाको कमि रहेको भन्दै सकारात्मका पक्षलाई हेरेर आगडि बढ्नुपर्ने धारण राखे । पर्यटन भनेकै राम्रा कुराको प्रचार गर्ने विषय भएकाले त्यही अनुरुप सकारात्मक भएर अगाडि बढ्न उनले व्यवसायीलाई आग्रह गरे ।प्रमुख चौधरीले जसले घर बहालमा लगाउँछ उसैले बहाल कर तिर्नुपर्नेमा दुईमत नरहेको उल्लेख गरे । पहिले व्यवसाय राम्रो हुँदा व्यवसायीले घरबहादल तिरेपनि अहिले व्यवसायी समस्यामा रहँदा कानून अनुरुप घरधनीले नै तिर्नुपर्ने उनले प्रष्ट पारे ।

घोराही उपमहानगरपालिका भित्र पनि धेरै पर्यटकीय स्थल रहेका चर्चा गरेका उनले एउटा सडकलाई हप्तामा एक पटक फुड फेष्टिबल मनाउने मोडेलमा जाने सोच बनाएको जानकारी दिए । उनले पोखरा आएका पर्यटकलाई दाङ र दाङ आएका पर्यटकलाई पोखरा पठाउने वातावरण बनाउन व्यवसायी व्यवसायीका बीचमा सहकार्य गर्न उनले आग्रह गरे । त्यसका लागि वातावरण बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले पोखरा महानगरपालिकाले देशकै पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिएकाले उत्साहित हुँदै प्रर्वद्धनात्मक कार्यक्रम लिएर आएको जानकारी दिए । उनले खाना तथा आवासमा २० प्रतिशत छुट, त्यसैगरी सहासिक खेल (बञ्जीजम्प, प्याराग्लाइडिङ, जिपफ्लाइङ) मा १० प्रतिशत छुट लागायतका प्याकेज घोषणा गरिएको बताए ।

दाङ देउखुरी होटल व्यवसायी समितिका सल्लाहकार ओविन्द्रबहादु महराले नकारात्मक प्रचारले हामी झन पिडामा हुन्छ । पोखरा प्राकृतिकसहित धेरै हिसावले उत्कृष्ठ रहेकाले मौका मिल्ना साथ पोखरा जाउँ जाउँ हुने चर्चा गरेका उनले पोखरामा अब भारतीय र चीनबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर बहस चलाउनुपर्ने धारण राखे ।

दाङ देउखुरी होटल व्यवसायी समितका अध्यक्ष इश्वरकुमार बुढामगरले पोखरा विश्वकै अग्लो त्रिशुल रहेको र अन्य पर्यटकीय प्रोडक्ट रहेको जानकारी दिए । उलने पोखराको व्यवसायीको आगमनले पर्यटन क्षेत्रमा उत्साह छाएको आफूले महसुस गरेको उल्लेख गरे । उनले पोखरा र दाङका व्यवसायी मिलेर अगामी दिनमा आगामी दिनमा अगाडि बढ्ने प्रतिवद्धता जनाए । आफूहरुको क्षेत्रमा दर्जनौं जलाशय क्षेत्र रहेको बताएका उनले यी जलाशयले धेरै नै विकासको आधार खडा गरेको उल्लेख गरे ।

पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमको बारेमा जानकारी दिए । उनले घरधनीले घरबहाल कर तिनुपर्नेमा व्यवसायीले नै घरबहाल कर तिर्नुपरेको छ । ठाउँ फरक भएपनि व्यवसायीका समस्या भने साझा रहेको उनले बताए । कार्यक्रममासमितिका दाङ देउखुरी होटल व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष खड्गसिंह पुनमगर र सचिव श्याम कुमार विक लगायतले बोलेका थिए ।

सोमबार विहान पोखराबाट देशका पश्चिम भागमा आन्दरिक पर्यटक बोलाउन निस्केको टोलीले सोमबार नै लमही होटल व्यसायी समिति र कपिलबस्तुका होटल व्यवसायीसंग छलफल गरेको थियो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्तका अनुसार मंगलबार विहान देउखुरीका होटल व्यवसायीसंग अन्तरक्रिया गरेको टोली अब कोहोलपुर, नेपालगञ्ज, गुलरीय, धनगढी, अत्तरिया, महेन्द्र नगर, चिसापानी र स्वर्गद्वारी पुगरे पोखरा फर्कनेछ ।

पोखरा ।

पोखरामा नियमित हुँदै आएको मासिक दौड अन्तर्गत यो महिना जेठ १७ गते हुने दौडमा जनप्रतिनिधीहरु दौडने भएका छन् । मासिक दौड कार्यक्रम अन्तर्गत आयोजना हुने जनप्रतिनिधि दौड भने नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत वर्षको अवसरमा घोषणा गरिएको दौड कार्यक्रम हो । ५ किमि जनप्रतिनिधि दौड संगै ५ किमि छात्र/छात्रा दौड समेत हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् ।

पोखरा रंगशालामा तय गरिएको उक्त दौडका लागि पोखरा महानगर पालिकाको समते सहकार्य रहने मञ्चका पूर्व अध्यक्ष एवं मासिक दौडका परिकल्पनाकार तेज बहादुर गुरूङले बताए । यो पटक नियमित हुँदै आएको तीन किमि छात्र/छात्रा दौड यो महिना स्थागित गरी ५ किमिलाई निरन्तरता दिइएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताए । जेठ १७ गते हुने मासिक दौड छैटौं संस्करणको समेत हुने उनले जानकारी दिए । 

पोखरा ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ । प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा युनियन, कास्कीका अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यहरुले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष अधिकारीले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले काम गर्दै आएको बताए । पत्रकारको हकहित र पेशागत अधिकार रक्षाका लागि अन्य संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

पोखरा आरोग्य आश्रमका अध्यक्ष सुवाष तझ्याले पत्रकारिताको माध्यमबाट मुलुकको भलो गर्ने पत्रकारको संस्थाको स्थापना दिवसमा मनाइने कार्यक्रमले आगामी दिनमा अझ राम्रा कार्यक्रमका साथ अघि बढ्न प्रेरणा मिल्ने बताए । स्थापना दिवका अवसरमा आरोग्य आश्रमलाई सहयोग गरेकोमा उनले धन्यवाद पनि दिए ।

आश्रमका बारेमा जानकारी दिदैं उनले पछिल्लो समय कुष्ट प्रभावितहरु बढ्दै गएको बताए । प्रभावित बढिरहेको अवस्थामा सरकारले यसको रोकथाम र जनचेतनामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । जनचेतनाका कारण पनि कुष्ट प्रभावितहरु खुल्न थालेकाले यसको संख्या बढेको उनले सुनाए । आरोग्य आश्रममा केही समस्या भएपनि समस्यालाई चिर्दै आगामी दिनमा अझ राम्रो गतिविधि गर्दै जाने उनले जानकारी दिए ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ज्याति हमाल र सञ्चालन सचिव धनबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

मलङ्गवा ।

विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो ।

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए ।

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर आज फेरि सम्पत्ति शुद्धिकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।

पोखरा ।
पोखराको जिरो किमी नजिकै फिर्केमा रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा सञ्चालनमा ल्याइएको इभी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । आफ्ना कम्पनीमा आवद्ध ब्यवसायी तथा अन्य ब्यवसायीहरुलाई लक्षित गरी हालै सञ्चालनमा ल्याइएको इभी फास्ट चार्जिङ स्टेशनको एक कार्यक्रमका बीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले उद्घाटन गरे ।

सो अवसरमा वोल्दै कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी समय अनुसार अत्याधुनिक बन्दै गएको बताए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बिगतमा पेट्रोल पम्पको समेत सञ्चालन गरेको र हाल आएर ब्यवसायमा आधुनिकता आएसंगै इभी सवारीहरुलाई लक्षित गरी चार्जिङ स्टेशन सञ्चालन गर्नु आफैमा गर्वको कुरा रहेको बताए । निकट भविष्यमा चार्जिङ स्टेशनलाई थप बिस्तार गर्ने र व्यवस्थित तबरले सुबिधा दिन समेत कम्पनी लागि पर्ने बताए ।
चौधरी ग्रुपको सिजी कम्पनीद्धारा ४ महिना अघि प्रदान गरिएको उक्त चार्जिङ स्टेशनको सामाग्री हाल आएर कम्पनीले आफ्नै प्राङगणमा जडान गरि सञ्चालनमा ल्याएकोे पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।

अहिले एकै पटकमा दुइवटा सवारी चार्ज गर्न सकिनै चार्जिङ मेसिनलाई आफुहरुले प्रशिक्षणको रुपमा लिएको र आगामी दिनमा ब्यवस्थित तबरले चार्जिङ स्टेशन सञ्चालन गर्ने आफुहरुको लक्ष्य रहेको समेत केसीको भनाइ रहेको थियो । उक्त चार्जिङ स्टेशनबाट विद्युत प्राधिकरणले तोके अनुसार नै चार्जिङ शुल्क लाग्ने समेत अध्यक्ष केसीले बताए ।

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरूलाई पोखरामा स्वागत गरेको छ ।

पोखरा रंगशालास्थित मिडिया सेन्टरमा आयोजित कार्यक्रममा एनएसजेफ गण्डकीका अध्यक्ष एमबि आस्थामगरले स्वागत गरेका हुन् । कार्यक्रममा एनएसजेफ गण्डकीका पदाधिकारीहरु, खेल पत्रकारहरु, सञ्चारकर्मी, खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एनएसजेफका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारी, वरिष्ठ उपाध्यक्ष अन्जन खड्का, पूर्वअध्यक्षहरु निरञ्जन राजवंशी, अजय फुयाललाई पोखरामा स्वागतसँगै बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा एनएसजेफ गण्डकी अध्यक्ष एमबि आस्थाले नवनिर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रदेश र केन्द्रको मञ्चबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । आगामी दिनका अझ बलिायो सहकार्य हुनुपर्नेमा उनको जोड थियो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले गण्डकी मञ्चको अतिथ्यप्रति आभार व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा थप योगदान पु¥याउने प्रतिबद्धता जनाए ।

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम शुरु भएको छ । आईतबारदेखि सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन हुनेछ ।
तालिमका मुख्य प्रशिक्षक निम्जिनका संस्थापक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिज्म फोटो जर्नालिजम्, भिडियो इडिटिङ, लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।

तालिममा पत्रकार सन्तोष पोखरेल मिस ईन्फर, डिस तथा मास ईन्फरमेसनका बारे र जीवन भण्डारीले एआईका बारेमा प्रशिक्षण दिनेछन् ।
तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख आचार्यले सिंगो पत्रकारिता क्षेत्रलाई सकरात्मक ढंगले अघि बढाउने विश्वास व्यक्त गरे । पत्रकारितामा हरेक दिन अपडेट भईराख्नुपर्ने उनको भनाई छ । उनले पत्रकारलाई समय समयमा रिफ्रेन्समेन्ट तालिम आवश्यक भईरहने बताए । पत्रकारिता पेशा राम्रो भयो भने समाज राम्रो हुने महानगर प्रमुख आचार्यको विश्वास छ । उनले पत्रकार महासंघका हरेक गतिविधिमा महानगरले सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले डिजिटल साक्षरता हरेक क्षेत्रमा आवश्यक रहेको बताए । उनले तालिममा लिएको कुरा कन्टेन्टका देखाएर पढ्न पाईएमा तालिमको सार्थकता हुने उल्लेख गरे । प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले स्किलफूल तालिम सहभागिको लागि फलदायी हुने विश्वास व्यक्त गरे । अहिले प्रविधिमा भइरहेको परिवर्तनसँगै यस्ता तालिमले पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । तालिमका कास्कीका ७५ जना पत्रकारहरु सहभागी छन् ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव धनबहादुर गरुङ (सुमन) ले गरेका थिए ।

पोखरा ।
पोखराकी शान्ती श्रेष्ठ उदासले अन्र्तराष्ट्रिय अर्वाड पाउन सफल भएकी छिन् । सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो । फोरमले विश्वका बिभिन्न देशका उद्यमी एवम समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ ।

उदाससंगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन् । उदास पोखराको नदिपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिबृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा बिभिन्न सीपमुलक तालिमहरु पश्चात उत्पादित स्थानिय उत्पादनहरुको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत रहेका छन् ।

नेवा मिसा पुचका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगत महिला उद्यमी विकास समितीको केन्दि«य कार्यसमितीमा रहेर काम गरि सामाजिक योगदान दिएका छन् । उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पुर्व डाइरेक्टर, आल्मोण्डस क्याफेका संचालक रहेका छन ।

पोखरा ।
युनाईटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो ।
शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पोखरामा रहेको युनाईटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविरको आयोजना गरि आफ्नो गाउँपालिका बासीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार प्रकट गरे । धवलागिरी गाउँपालिकाको ग्रामीण भेगमा बसोवास गर्ने सेवाग्राहीलाई स्वास्थ्य शिविरले ठूलो लाभ प्राप्त भएको बताउदै अध्यक्ष पुनले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा समेत ब्यक्त गरे ।

युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबे स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र धवलागिरी गाउँपालिकाको ताकम जस्ता विभिन्न ग्रामीण भेगमा वर्षेनी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताए । स्वास्थ्य शिविरमात्र नभइ क्लबले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुगेरै आर्थिक सहयोग संगै विशेषगरी ग्रामीण बस्तीमा बसोबास गर्ने समुदायलाई लक्षित गरी युनाईटेड क्लबले स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो ।

धवलागिरी गाउँपालिकाका कार्यकारी अधिकृत मोति प्रसाद अर्यालले युनाईटेड क्लबले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर धवलागिरी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । धवलागिरी गाउँपालिका वडा नं ७ का अध्यक्ष अशोक खत्रीले युनाईटेड क्लबले ताकममा आयोजना गरेको स्वास्थ्य शिविरले आफ्नो वडा भित्रका मात्र नभइ धवलागिरी गाउँपालिका भित्रका विभिन्न गाउका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउदै क्लब प्रति अभार प्रकट गरे ।

सो अवसरमा वोल्दै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा ल्याप्रोस्कोपी सर्जन डा. आनन्द भट्टराईले युनाईटेड क्लब संगको सहकार्यमा विगतमा जस्तै यो पटक पनि धवलागिरी गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयेजना गरिको बताए । ग्रामीण भेगमा अझैपनि स्वास्थ्य सेवाको पहँुच पुग्न नसकिरहदा स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गराउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका एशोसिएट प्रोफेसर डा. सरोज पोखरेलले ग्रामीण भेगमा हुने स्वास्थ्य शिविरले स्वास्थ्यको पहँचमा नपुगेकाहरुलाई थोरै भएपनि समेटिने भएकाले स्वास्थ्य शिविरले उल्लेख्य भुमिका खेल्ने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले स्थापना कालदेखिनै विभिन्न ग्रामीण भेगहरुमा स्वास्थ्य शिविरको आयोजना गरी सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको र यो पटक म्याग्दीको ताकममा शिविरको आयोजना गरेको बताए । यस पटकको शिविरमा पनि विगतमा जस्तै उल्लेख्य सेवाग्राहीको सहभागीता रहेको र आफुहरुको कार्यक्रम सफल भएको बताए ।

कार्यक्रममा युनाईटेड क्लबका कार्यसमिति सदस्य शिव थापा, बिजय कार्की (पदम), शान्ति सुवेदी, रिम बहादुर क्षत्री, सुरेश थापा, पूर्व कार्यसमिति सदस्य तथा परिकल्पनाकार कृष्ण थापा मगर, संस्थापक सदस्य रेशम बहादुर थापा, आजिवन सदस्य चन्द्र बहादुर थापा, कार्यालय सचिव कुशुम गुरुङ लगायतको उपस्थिती रहेको थियो । क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँले स्वागत मन्तब्य राखेको कार्यक्रममा कार्यक्रम संयोजक तथा क्लबका कार्यसमिति सदस्य बिष्णु कुमार गुरुङले धन्यवाद मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए ।

जेष्ठ ७ पोखरा  :  पोखरा महानगरपालिका वडा नम्बर १७ मा पर्ने माछापुच्छ्रे टोल र पाल्पाली मार्गको नाम परिवर्तन गर्दै उक्तठाउँलाई स्थानियहरुले कोटीहोम चोक नाम राखेका छन् । ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम ‘कोटिहोम चोक’ राखिएको छ ।

हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीले अवलोकन गर्ने अवसर त पायौँ, तर हाम्रा भावी पुस्ताहरूले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राखून् भन्ने हेतुले ‘कोटिहोम चोक’ भनेर नाम राखिएको स्थानिय रुद्र थापाले बताए , हाम्रो आँगनमै आएर अहिलेसम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौँ हामी भाग्यमानी छौं ।

अहिले सानो बोर्ड मात्र राखेका छौं यो कोटिहोम महायज्ञको इतिहास जीवन्त राख्नका लागि अर्को वर्ष स्थानीयको सक्रियतामा ठुलो प्रवेशद्वार निर्माण गर्नेछौं थापाले भने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।