२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

रोहित वस्नेत
जेष्ठ २६ पोखरा  :   गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञमा एक सय एक हवन कुण्डमा हवन भइरहेको हवानात्मक कार्य सहित अन्य धार्मिक अनुष्ठानहरु सोमबार समापन हुँदैछन ।

धार्मिक अनुष्ठानको समाप्तिसंगै कोटीहोममा सहभागी भएका चारसय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिदास बाबाको आगमन भएको छ ।

हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् । भने अरु मण्डपमा ३,३ जना ब्रामणले नृत्य हवन गरिरहेका छन् । आज नै कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको मिडीया संयोजक लेखराज ढकालले जानकारी दिए ।

 कोटीहोममा आइतबार पनि ठुलो संख्यामा भक्तजनहरु सहभागी भए हालसम्म कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको आयोजकको दाबी छ ।

शनिबार २१ करोड दिप प्रज्वलन भएको थियो उक्त दिन लाखौँ भक्तजन सहभागी भएका थिए । हालसम्म करिब सात करोड ५० लाख रुपैया रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोममा धार्मिक अनुष्ठान सकिए पनि प्रवचानात्मक कार्यक्रममा उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।

कोटीहोम सफल भएको भन्दै आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष समेत गरिएको छ भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको छ ।

कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले पोखरा लगायत गण्डकी प्रदेश र बाहिरबाट पनि भक्तजनहरुको सहभागिता रहेको बताउदै कोटीहोम अपेक्षा गरिए भन्दा पनि सफल भएको बताएका छन् । जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको छ ।

पोखरा ।
त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ग्रन्थको विमोचन गरेका हुन् ।

६७८ पृष्ठको सो ग्रन्थमा सर्जक पर्वत जिल्लाको मोदी गाउँपालिका ७ अन्र्तगत राम्जा देउराली घर भै हाल पोखरा चाउथे बस्दै आएका तिमिल्सिनाको आत्मकथा र आत्मबोध सगै तिमिल्सिनाको बारेमा परिवारजनका, स्वजनका, जन्मस्थानका साथीभाई र छिमेकी, नवजागृत मावि पर्वतका मित्रजन, महेन्द्रशिखरी मावी पर्वतका मित्रजन, भवानीकालिका मावि कास्कीका मित्रजन, नवीन मावि कास्कीका मित्रजन, पृथ्वीनारायण क्याम्पसमा कार्यरत एंव निवृत प्राध्यापक, कर्मचारी र विद्यार्थी, सामाजिक तथा राजनीतिक, अन्य क्षेत्रका सहकर्मी प्राध्यापक गरि विभिन्न १३ क्षेत्रका १७६ जनाको अनुभूति समेत समावेश गरिएको छ ।

राष्ट्रिय सभाका पूर्व अध्यक्ष तिमिल्सिनाले विगतबाट आज हुनलाई गरिएको विभिन्न सघर्ष र घट्नाक्रम ग्रन्थमा रहेकाले विगतको अध्य्यन गर्न चाहने नयाँ पुस्ताका लागि यो प्ररणाको स्रोत रहेको बताएका थिए । हालका नयाँ पुस्ताले विगतको जानकारी लिने नगरेका कारण समस्या भएको भन्दै तिमिल्सिनाले विगतमा के भयो र हालको अवस्था कसरी आयो नयाँ पुस्तालाई त्यसको अध्य्यन गर्न सुझाव समेत दिएका थिए । हाल एक दुई प्रतिशत नकारात्मक कुरा भएका होलान तर ९४÷९५ प्रतिशत राम्रा कुराहरु भएको दाबी गदै तिमिल्सिनाले हामीमा राम्रा गरिएका धेरै कुराहरु भन्दा पनि नराम्रा भएका र गरिएका सामान्य कुरालाई उचाल्ने र त्यसलाई बोकेर हिड्ने गरिएका कारण धेरै समस्याहरु आएको भनाई व्यक्त गरेका थिए ।

विगतमा राजाको पालाको शासनको समय कस्तो थियो भन्ने इतिहास नपढेकाहरु हाल राजाको पक्षमा उभिएको भन्दै तिमिल्सिनाले राजाको शासनको समयलाई कालो इतिहासको सज्ञा दिएका थिए । राजाको शासनको समयको कालो इतिहास नपढेका र जानकारी नलिएकाहरुले हाल राजा बोकेर हिडेको आरोप समेत पूर्व अध्यक्ष तिमिल्सिनाको थियो । विगतको कुरा जानकारी लिन र थाहा पाउन अध्य्यन सगै धैयता समेत आवश्यक रहेकोमा नयाँ पुस्ताले धैयता र अध्य्यन नगरि अमेरिका, यूरोप देख्ने गरेकाले समस्या भएको बताएका थिए ।

प्रकाशक धनेश्वरी पराजुली (तिमिल्सिना) ले समाज रुपान्तरणको सन्दर्भमा गरिएका शैक्षिक र सामाजिक गतिविधिहरुका बारेमा त्यस समयको प्रवृति, सोच र कामको प्रतिनिधिमूलक घट्नाहरुको उल्लेख ग्रन्थमा गरिएको बताईन । ग्रन्थमा लेखकले आफ्नो परिवेशको पारिवारिक र व्यक्तिगत अवस्था र आफनो शिक्षा, शैक्षिक सहभागिता र समाज रुपान्तरणका लागि गरिएका प्रयास र भोगाइका बारेमा अनुभव र अनुभूति सगै बर्तमान छिटोछिटो बदलिरहेको नेपाली समाज, त्यससँग जुधिरहेको नेपाली जीवन कसरी यस्तो भयो होला भन्ने विषय समेत ग्रन्थमा रहेको जानकारी दिईन । स्वार्थ समूहबाट सचेत रहँदै काममा संलग्न हुनुपर्ने सन्देश समेत ग्रन्थमा रहेको उनले सुनाईन ।

सर्जक तिमिल्सिनाले ग्रन्थमा आफुले आफुमा परेका कुराहरु मात्र उल्लेख गरेको र आफुले गरेका कुराहरु कम मात्र उल्लेख गरेको बताएका थिए । ग्रन्थमा आफुले तत् तत् समयको परिवेशअनुसारका आफ्ना अनुभव र ज्ञानको विवरणात्मक वर्णन गरेको तिमिल्सिनाले बताए । समाजलाई अग्रगतिमा लैजान स्वार्थ र विभेदलाई त्याग गर्दै अन्याय विरुद्ध उभिनु आवश्यक रहेको भन्दै समाज रुपान्तरणको लागि काम गर्ने व्यक्तिले आफूलाई जस्तै कठिनाइ भए पनि काममा निरन्तरता दिनु नै सफलताको बाटो भएके भनाई उनको थियो ।

ग्रन्थको विमोचन पछि समालोचना गदै प्रा डा रामनाथ ओझाले तिमिल्सिनाले सिजना गरेको ग्रन्थ उनको व्यक्तिगत अनुभूति मात्र नभएर राष्ट्रिय राजनीतिको दस्तावेज समेत रहेको बताएका थिए । ग्रन्थमा नेपालको राजनीतिक इतिहासभित्रका पत्रैपत्रहरु एक अर्कोसित जोडिएर प्रस्तुत भएको बताए । सर्जकले एकातिर बुद्धिजीवीहरुका लागि चिन्तन–मनन र अनुसन्धान गर्ने सामग्रीको रुपमा र अर्कोतिर वर्तमान नेपालको राजनीतिक अनुहारमा देखिएको विद्रुपताको सजीव चित्रण ग्रन्थमा गरेको ओझाले बताए ।

नेपाल नाट्यप्रतिष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले सर्जकले “स्व” चेतनाको गहिरो सम्बन्ध वर्तमानसँग सम्बद्ध रहन्छ भन्ने वास्तविकतालाई उद्घाटन गरेको बताए । ग्रन्थ प्रतिपादन गरेर सर्जकले आफूलाई लगनशील अध्यता, विवेकशील द्रष्टा र धैर्यशील राजनीतिक कर्मीको रुपमा स्थापित गरेको बताउदै स्वचेतना, राजनीति चिन्तन र मानवतावादी विचारलाई अध्ययन मनन गर्न चाहने अध्यता, अनुसन्धाता, विचारक र साधारण विद्यार्थी सबैका लागि ग्रन्थ उपयोगी रहेको बताए ।

पोखरा ।
पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए ।

तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए । तालिम पोखरा महानगरपालिका वाडानम्बर ६ मा रहेको बाराही माध्यामिक विदालयमा हुने छ ।

धेरै युवाहरु ट्रेकिङ पेसामा लाग्न चाहेको र पर्यटन क्षेत्रमा पनि जनशक्ती आवश्यक भएकाले तालिमको आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । कोरोना पछि दक्ष जनशक्ती विदेशीएको र जनशक्ती अभाव भएको थियो, अहिले पर्यटन चलायमान भएको छ जनशक्ती पनि आवश्यक छ, आचार्यले भने र्। पोखरालाई भ्रमण वर्ष–२०२५ घोषणा गरिरहदाँ यहाँ हुने विभिन्न गतिबिधिमा समेत बढ्ने र दक्ष जनशक्तीको पनि आवश्यक हुने छ ।’

राज्यले पनि पर्यटनलाई महत्वपूवर्ण क्षेत्रको रुपमा लिएको छ, व्यवसायीले पनि त्यस्तै तयारी गर्नुपर्ने आवश्यक छ । आचार्यले भने जसका लागि यो तालिमा आयोजना गरिएको ।२६ गतेबाट तालिम सुरु हुने छ । ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए ।

टान गण्डकीले वार्षिक रुपमा यस्ता तालिम संचालन गदै आएको सह–सचिव भूपेन्द्रकुमार लामाले बताए । हालसम्म यस्ता तालिमबाट २७ सय भन्दा बढि दक्ष जनशक्ती उत्पादन भइसकेको लामाले जानकारी दिए ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारको सहयोगमा तालिमको आयोजना गर्न लागिएको टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिए ।

पोखरा ।
पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे ।

स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेसँगै हर्जाेगको पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवादको आवरण अनावरणसमेत गरे ।

अन्नपूर्ण आरोहणको हिरक वर्षकै अवसरमा सङ्ग्रहालय परिसरमा मौरिस हर्जाेग, आङथार्के शेर्पा र वालुङ सोनाम शेर्पाको शालिक अनावरणसमेत गरिएको छ । आङथार्के अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली हुन् भने वालुङ सोनाम मौरिसको आरोहण दलमा शेर्पा टोलीको नेतृत्वकर्ता थिए ।

सोही अवसरमा सङ्ग्रहालमा मौरिसको अन्नपूर्ण आरोहण समेटिएको अडियो, भिडियोसमेत प्रदर्शन गरिएको छ । अन्नपूर्ण प्रथम आरोहणको फोटो प्रदर्शनी पनि बिहीबारै सुरु भएको छ । फोटो र भिडियो अब सङ्ग्रहालयमै राखेर सबै आगन्तुकका लागि खुला गरिने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् ।

अन्नपूर्णमा हर्जाेगले आरोहणका दुःखसुख समेटेका छन् । सअघि २० भाषामा अनुदित भइसकेको यो पुस्तक हालसम्म एक करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ । कार्यक्रममा संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल बुद्ध, वेद र हिमालका कारण विश्वमा परिचित रहेको बताए ।

प्रथम अन्नपूर्ण आरोहण पर्वतारोहण क्षेत्रको कोसेढुङ्गा रहेको जनाउँदै उहाँले जलवायु सङ्कटका कारण विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । ‘माछापुच्छ«े कालापत्थर जस्तो देखिन थाल्यो । हिमालले भोगेको यो असर पूरै पृथ्वीले भोग्नुपर्छ,’ उनले भने । पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाउन प्रदेशसँग मिलेर काम गर्ने उनले वाचा गरे । पर्यटन राजधानीको नमुना गन्तव्यका रुपमा पर्वतीय सङ्ग्रहालयलाई विकास गरिने उनको भनाइ छ ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गण्डकीका हिमालहरु आरोहणका लागि प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने वाचा गरे । उनले आगामी आर्थिक वर्षबाट बोटानिकल गार्डेन बनाउन सुरु गरिने जानकारी दिए । ‘विश्वकै पर्यटकीय आकर्षण बनाउने गरी यहाँ बोटानिकल गार्डेन बनाउँछौँ । यसैपालि यसको निर्माण सुरु हुन्छ,’ उनले भने ।

नेपालका लागि फ्रान्सकी राजदूत भिर्गिनी कोर्टेभलले अन्नपूर्ण आरोहण इतिहासकै महत्वपूर्ण क्षण बनेको सुनाइन् । कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पाहारी, पर्वतारोही पूर्णिमा श्रेष्ठ, विश्वकै १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोही गरिसकेका मिग्मा जि शेर्पा लगायतले बोलेका थिए ।

वर्षमा करिब सय देशका दुई लाखभन्दा बढी पर्यटक अवलोकन गर्न आउने यो संग्रहालयका सामग्रीलाई डिजिटाइजेसन गर्ने तयारी भएको छ । नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको यो संग्रहालयलाई जाइकाको सहयोगमा डिजिटाइजेसन गर्न लागिएको हो । संघ अध्यक्ष निमानुरु शेर्पा मौरिस हर्जाेग वाल निर्माण गरी हरेक वर्ष जुन ३ मा पर्वतारोहण प्रतियोगिता गर्ने योजना सुनाउँछन् ।

‘हामी यसलाई महत्वपूर्ण र नमुना गन्तव्य बनाउने प्रयत्नमा छौँ । सबै तहका सरकार र सरोकारवालको सहयोगबिना यो सम्भव छैन,’ उनले भने । सो अवसरमा विश्व वातावरण दिवसको अवसरमा संग्रहालयल परिसरमा वृक्षारोपणसमेत गरिएको थियो ।

क्याप्सनः अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा निर्माण गरिएका मौरिस हर्जाेग, आङथार्के शेर्पा र वालुङ सोनाम शेर्पाको शालिक अनावरण गर्दै पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डे लगायत ।

 

पोखरा । लेखनाथ पत्रकार मञ्चको आयोजनामा पोखराका २६ देखि ३३ नं वडाका वडाध्यक्षहरुसँग अन्तरकृया विकास बहस कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ क्षेत्रको विकासको अवस्था, चुनौतिर सम्भावनावारे बोलेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी , वडा नं ३२ का कार्यबाहक वडाध्यक्ष तीर्थराज सुयाल, वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेल , वडा नं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी , वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले आआफ्नो वडासँग सम्बन्धित जिज्ञासाहरुको उत्तर दिएका थिए ।

मञ्चका उपाध्यक्ष सन्दिप पौडेलले सहजीकरण गरेको कार्यक्रममा बक्ताहरुले सात तालको बगैचा शहर,उपनगरीय दृष्टिकोण,खानेपानी सरसफाई ,फोहरमैला, जैविक विविधता,विकासका पूर्वाधार, बजेट ,लिङ्क रोड,साहित्यिक पर्यटन लगायतका विषयमा आफ्ना कुरा राखेका थिए ।

सचिवमा रामशरण नेपालीले सञ्चालन तथा निवर्तमान अध्यक्ष कविराज खनालले स्वागत गरेको उक्त अन्तरकृयामा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका सुदिप अधिकारी, समीक्षा पौडेल, एन आर एन जापानका शिब न्यौपाने, पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापा, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा,महानगर कार्यपालिकाका सलहकार बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,समाजसेवी राजेन्द्रमण् िलामिछाने,होटल एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल,ज्येष्ठ नागरिक सेवा केन्द्र शिसुवाका बोधराज गौतम,लेक सिटी युवा क्लबका संस्थापक अध्यक्ष सुरजङ्ग राणा ,सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा मञ्चका सल्लाहकार मोती गिरी, लक्ष्मी मा वि का प्रअ जगन्नाथ अधिकारी,लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेल,प्रदेश जनरल तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषि जमरकटेल लगायतले आफूले प्रतिनिधित्व गरेका संघसंस्थाबाट प्रतिनिधिमूलक ढंगले सल्लाह सुझाव दिदै समग्र लेखनाथको विकासमा एकजुट भएर जान वडाध्यक्षहरुलाई अग्रह गरेका थिए ।

टिप्पणीकर्ता मञ्चका संस्थापक अध्यक्ष भीमपमणि बराल र पूर्व कार्य समिति सल्लाहकार भरतप्रसाद तिवारीले सल्लाह सुझाव लिपिबद्ध गरी महानगर तथा वडाहरुमा बुझाउने वताएका थिए ।

पोखरा ।
शुक्रबारदेखि पोखरा रंगशालामा शुरु भएको सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा रिकर्भ विद्याको टिम्सतर्फ गण्डकी ए र त्रिभुवन आर्मी र स्ट्याण्डर्ड पुरुषतर्फ गण्डकी ए र नेपाल पुलिस फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा रिकर्भ विधाको टिम्सतर्फको सेमीफाइनलमा गण्डकी ‘ए’ टीमले गण्डकी ‘बी’ लाई ५–१ को सेटमा हराएर फाइनलमा प्रवेश गरेको छ । यस्तै त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ५–१ को सेटमा हराएर फाइनमा प्रवेश गरेको छ ।

यस्तै गण्डकी ‘बी’ ले नेपाल पुलिसलाई ६–४ को सेटमा हराउँदै कास्य पदक जितेको छ । स्ट्याण्डर्ड पुरुष समूहतर्फको सेमीफाइनलमा गण्डकी ‘ए’ ले गण्डकी ‘बी’ लाई ६–० को सेटमा हराउँदै फाइनल प्रवेश गर्दा पुलिसले एपिएफलाई ६–० कै सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । एपिएफले गण्डकी ‘बी’ लाई ६–० को सेटमा हराउँदै कास्य जितेको छ । यो सँगै पहिलो दिन सम्पूर्ण विधाका रेकि® चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।
पोखरामा शुक्रबारबाट सुरू भएको ७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ अन्तर्गत पहिलो दिन ¥याङ्किङ राउण्डका खेलहरू सम्पन्न भएका छन् भने केही खेल इभेन्टमा गण्डकीले काश्य पदक हात पारेको छ ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७ टिमका ७० जना खेलाडीहरूको सहभागिता रहको छ ।
यस अघि शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय आर्चरी प्रतियोगिता पहिलोपटक पोखरामा आयोजना गरिएको बताउदै आर्चरी खेलको प्रोत्साहनमा आफु लागिपरेको बताए । राजधानी बाहिर पहिलो पटक पोखरामा आर्चरी खेलको राष्ट्रिय स्तरको प्रतियोगिता हुनु पोखराको लागि आफैमा महत्व भएको बताउदै यस्ता खेलहरुलाई प्रदेश स्तरमा खेलाउनका लागि आफुले खेल संघहरुलाई सहयोग गर्ने उनको भनाइ थियो ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बिकल शेरचनले पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको आर्चरी प्रतियोगिताको आयोजना हुनु पोखराको लागि गौरवको विषय रहेको बताउदै यस्ता प्रतियोगिताहरुलाई ग्रामीण स्तर सम्म सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले पर्यटकीय राजधानी पोखरामा आर्चरी खेलको राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले महत्वपूर्ण काम गरेको बताए । राष्ट्रिय खेलकुद परिषदले हरेक प्रदेश मात्र नभइ स्थानीय तह सम्म राष्ट्रिय खेलकुदलाई जोड्दै लैजानुपर्ने उनको भनाइ रहेको थियो । गण्डकी प्रदेश आर्चरी संघका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले गण्डकी प्रदेशमा इण्डोर आर्चरीको ढोका खुलेको बताउदै आर्चरी खेललाई गण्डकी प्रदेशमा थप बिस्तार र लोकप्रिय बनाउन प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।

गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष किशोर कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अन्तराष्ट्रिय खेलाडी मोनिका राना मगरले गरेकी थिइन । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको सहयोग र नेपाल आर्चरी संघको प्राविधिक सहयोग रहेको छ ।

काठमाडौं ।

पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
नेपाल निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले सदनलाई जानकारी गराउने छन् । तर, पत्र आइनसकेको साथै समय पनि घर्किसकेकाले भोलिको बैठकमा जानकारी हुने संसद सचिवालय स्रोतले बतायो ।

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ। पूर्वप्रधानमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको यो पहिलो पटक हो।

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

त्यसलगत्तै पतञ्जलीले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकको साँगा,नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा पछि मन्त्रिपरिषद्बाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो।

भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिकै प्रतिवेदनले पनि ठहर गरेको थियो। तर, यस्तो प्रतिवेदन लामो समय गुपचुप पारिएको थियो ।

 पोखरा । पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडर मा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फुलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ  आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।   

    बुलौदि खोला देखी हल्लन चोक सम्म रहेको करिब २ कि.मी सडक डिभाइडर मा  रहेका फुलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब ३ सय फुलका बिरुवा रोपिएको संञ्जालकी अध्यक्ष वृन्दा धरेलले जानकारी दिइन ।  

    कार्यक्रमका उद्‌घाटन गर्दै पोखरा महानगर पालिका वडा नं–  ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारालाई सार्थक बनाउन विश्व वातावरण दिवसको अवसरमा बिरुवा गोडमेल र काटछाँट गरि फुलका बिरुवा रोपिएको बताए । हरियाली सडक डिभाइडर  र पर्यटकीय आकर्षित स्थान बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

     अध्यक्ष वृन्दा धरेलले पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेका फुलका बोटबिरुवाहरूले पर्यटकहरूको ध्यान तान्ने गरेकोमा खुशी व्यक्त गर्दै, संरक्षणमा लाग्न सबैलाई आग्रह गरिन । पोखरा महानगर पालिका वडा नं– का निवर्तमान वडा अध्यक्ष जगत बहादुर पहारीले वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ हुन्छ तर प्रायः मानिस वातावरणीय स्वच्छता जस्तो अति संवेदनशील क्षेत्रप्रति मौन वा अनुत्तरदायी बनिदिँदा जगल र बोटविरुवा मासिदै गएको विचार व्यक्त गरे । 

    सचिव चन्द्रकला घिमिरे पहारीले वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट भएर अगाडि वढ्नु पर्ने बताइन ।    दिवसको अवसरमा बोटविरुवा संरक्षण कर्मी जगनाथ तिमिल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बैदाम क्षेत्रमा रहेको विभिन्न सङ्घ संस्थाहरूको उपस्थिति रहेको थियो ।

पोखरा ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लनर्स एकेडेमीले प्लास्टिक प्रदूषण विरुद्ध ७ दिने अभियान सुरु गरेको छ । गत जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने अभियान अन्तर्गत कक्षा ६, ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थीले पोखरा ६ लेकसाइड केदारेश्वर मन्दिर परिसरमा सफाई गर्दैै निरन्तरता दिएको विद्यालयका प्राचार्य विधान गौतमले जानकारी दिए ।

विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा ७ स्थित पोखरा लनर्स एकेडेमीले सरसफाइ अभियानलाई तीव्रता दिएको हो । वातावरण सप्ताहको अवसरमा विद्यार्थीहरुले केदारेश्वर मन्दिर परिसरमा सफाइ कार्यक्रम सम्पन्न गर्दै यस वर्षको विश्व वातावरण दिवसलाई सफल बनाउने प्रतिववद्धता जनाएका छन् । ‘प्लास्टिक प्रदूर्षण विरुद्ध एकजुट होऔं’ भन्ने नारालाई मनन् गर्दै उनीहरूले प्लास्टिक र अन्य फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए ।

सहभागी विद्यार्थीले भने, ‘हामीले प्लास्टिकले गर्दा हाम्रो ऐतिहासिक मन्दिर र प्राकृतिक सौन्दर्य बिग्रिरहेको महसुस गरेका छौं। त्यसैले हामीले सरसफाइको माध्यमबाट प्लास्टिक प्रदूर्षण विरुद्ध अभियान थालेका छौं।’ विद्यालयका माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरुको सक्रियताप्रति प्रशंसा गर्दै भने, ‘विद्यार्थीमा वातावरणीय चेतना जगाउनु र प्लास्टिक प्रदूर्षण विरुद्ध व्यवहारिक कदम चाल्न प्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो।‘ यसैक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले पोस्टर बनाउने, निबन्ध लेख्ने, वादविवाद प्रतियोगिता जस्ता गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।

प्लास्टिक प्रदूर्षण न्यूनीकरणमा आफ्नो योगदान पु¥याउने लक्ष्य लिएको विद्यालयले आगामी दिनहरुमा प्लास्टिकलाई घटाउने, पुनः प्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । वातावरण सप्ताह अन्त्यमा सरसफाइ कार्यमा सक्रिय सहभागी विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण तथा आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका शिक्षक आदर्श घिमिरेले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।