२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

पोखरा।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ ।एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोति ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘चुरे भावर र तराई मधेसमा करिब ६१ प्रतिशत मानिस बसोबास गर्ने भएकोले पानीको स्रोत नै चुरे क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘३७ जिल्लाका कूल भू–भागको झण्डै १३ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा चुरे क्षेत्र रहेको छ ।’

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ क्रियाशील राष्ट्रिय गौरवको आयोजना बताउँदै उहाँले नेपाल सरकारले २०७१ साल असार २ गते यस क्षेत्रका प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन तथा यहाँ हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण र नियमन गर्ने उद्देश्यले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको बताउनुभयो ।

नेपालको अन्न भण्डार तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्र बचाउन अपरिहार्य रहेको भन्दै उहाँले चुरे दिवसका अवसरमा चुरेको संरक्षण र सम्बद्र्धनतर्फ अग्रसर रहन हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  

सरकारले चुरे संरक्षणको २० वर्षे गुरुयोजना समेत स्वीकृत गरी सोहि अनुरुप चुरे क्षेत्रदेखि तराई मधेशसम्मका सरोकारवाला सबै निकाय र समुदायको सहभागितामा संरक्षणका विभिन्न कामहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उहाँको भनाई छ ।

नेपालको चुरे शृंखला हिमालय पर्वतमालाको दक्षिणमा अवस्थित पूर्वमा मेचीदेखि पश्चिम महाकाली नदीसम्म तन्किएको छ । जैविक विविधता र दुर्लभ बन्यजन्तुको वासस्थान रहेको चुरे क्षेत्र भौगर्भिकरूपमा भने कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण लगायतका कारण यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ ।

काठमाडौँ ।

नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल÷मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ ।नेपाली काँग्रेस कास्कीका सभापति किशोर दक्त बराल नेतृत्वको टोलीले आइतबार मेयरलाई अवधारणा बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

महानरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयारी गरिरहेका बेला विभिन्न पक्षबाट प्राप्त सुझावहरुको निष्कर्ष निकालेर अवधारण तयार पारेको हो ।यसअघि कास्की काँग्रेसले पत्रकार सम्मेलन गरी अवधारण सार्वजनिक समेत गरेको थियो । पोखराको योजनावद्व विकासका लागि उपयोगी हुने गरी अवधारण तयार पारिएको कास्की काँग्रेसका सभापति बरालको भनाइ छ । अवधारणामा विभिन्न विषयहरु समावेश गरिएका ११ बुँदा छन् ।

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरूष टि२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले दोस्रो दिन पनि जितको लयलाई कायम राखेका छन् । समुह ‘ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगितामा तनहुँले १७७ रनको जित हासिल गर्दा दोस्रो खेलमा स्याङजाले ७८ रनले जित दर्ता गरेको हो ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्याग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रनको विशाल योगफल खडा ग¥यो ।

तनहुँको जितमा कृष ऐरले ४८ बलमा १०२ शतकिय पारी खेले । खेलको म्यान अफ दि म्याच कृषले ५ चौका र ११ छक्का प्रहार गरेका थिए । त्यस्तै दिपेश अधिकारीले आक्रमक रुपमा खेल्दै २५ बलमा ५१ रन बनाउँदै साथ दिए । तनहुँका लागि समीर कँडेलले व्यक्तिगत १८ रन बनाए भने सुप्रिम सुनार २३ रनको योगदान दिए ।

म्याग्दीका लागि रोशन कार्की, सागर कटुवाल, र हरि सुवेदीले समान १–१ विकेट लिए ।
यता म्याग्दीको जवाफमा निराशाजनक प्रदर्शन गर्यो । २२४ रनको लक्ष्य पछ्याउन उत्रिएको म्याग्दी १४.४ ओभरमा जम्मा ४६ रनमा अलआउट भयो । रोशन कार्की (१८ रन) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् ।

तनहुँका लागि सन्दीप पराजुली ४ ओभरको स्पेलमा ८ रन दिँदै ३ विकेट लिंदा चन्द्रकान्त पौडेलले ४ ओभरमा १७ रन दिएर २ विकेट तथा नरेश शाही, वंश क्षेत्री, कृष अयेर, प्रदीप यादव र कबिन्द्र पण्डितले पनि समान रूपमा एक–एक विकेट लिए ।

यस्तै आज नै भएको दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ६ चौका र ४ छक्का सहित ६१ रनको महत्वपूर्ण इनिङ्स खेले । उनलाई मध्यक्रममा अंकित न्यौपानेले २७ बलमा ३६ रन र अश्वनी रानाले १७ बलमा २० रनको साथ दिएका थिए ।

बाग्लुङका बलर अश्विन थापाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १७ रन खर्चेर ४ विकेट लिए । यस्तै, दीपेश कुँवरले २ र पुष्कर रिजालले १ विकेट लिए । १७९ रनको लक्ष्य पछ्याउन उत्रेको बाग्लुङको ब्याटिङ शुरुदेखि नै दबाबमा रह्यो । बाग्लुङले पूरै २० ओभरमा १०० रनमै सीमित रहँदा स्याङ्जाका बलरहरू हावी बने । बाग्लुङका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए । कप्तान विश्व कार्कीले १५ रन जोडे ।

स्याङ्जाका अश्वनी रानाले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएर खेलको म्यान अफ दि म्याच घोषित भए । साथै, अंकित न्यौपाने र तुलसीराम भण्डारीले पनि २–२ विकेट लिए ।समुह एको खेलमा स्याङजा र तनहुँ दुबै टिमले दुई दुई खेल जित्दै ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बाग्लुङ अंक विहिन छन् । भोली (सोमबार)समुह ए अन्तर्गतको अन्तिम लिग खेल हुनेछन् । भोली हुने खेलले सोझै फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्नेछ । भोलीको पहिलो खेल बाग्लुङ र म्याग्दी तथा दोस्रो खेल तनहुँ र स्याङजाका बीच हुनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।

पोखरा । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो ।

अध्यक्ष प्रा। डा। यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र निर्मल सापकोटा, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोलासँगै सदस्यहरू बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक रहेको सचिवालय गठन गरिएको हो । बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयसमेत गरेको छ ।

सङ्घका सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि तिवारी, नारायण परिश्रमी, पद्मराज ढकाल, यादवराज उपाध्याय, लोकबहादुर थापा, डा। कृष्णराज अधिकारी, शेषमणि आचार्य र ध्रुवलाल शर्मालाई अध्यक्ष यदुनन्दन उपाध्यायले पत्र हस्तान्तरण गरेका थिए ।

बैठकमा प्रलेसका जिल्ला अध्यक्षहरू अनन्त अर्याल ९स्याङ्जा०, आनन्द रिमाल ९पर्वत०, छवि सुवेदी ‘विजयी’ ९कास्की० तनहुँका उपाध्यक्ष युवराज पौडेलले जिल्लागत रिपोर्टिङ गरेका थिए । सोही अवसरमा केन्द्रीय सदस्यद्वय भीम रानाभाट र देव गजमेर तथा केन्द्रीय पार्षद् आकाश अधिकारीले केन्द्रीय समितिको बैठकका निर्णयहरूको जानकारी गराएका थिए ।

यसै बिच बैठकले गण्डकी प्रदेशका विभिन्न जिल्लाका गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न व्यक्तिलाई जिल्ला इन्चार्ज तोकिएको छ । प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य निर्मल सापकोटलाई कास्की र बागलुङ, केन्द्रीय सदस्य भीम रानाभाटलाई मुस्ताङ र म्याग्दी, केन्द्रीय सदस्य देव गजमेरलाई लमजुङ र नवलपुर, केन्द्रीय पार्षद् आकाश अधिकारीलाई मनाङ र गोरखा, जुना खड्कालाई तनहुँ तथा शम्भु अर्याललाई पर्वत र स्याङ्जा इन्चार्जको जिम्मेवारी तोकिएको जनाइएको छ ।

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ।मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरबाट ८१ जनाले सेवा लिएका थिए । शिविरको उद्घाटन गर्दै मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हुमानाथ अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताए ।

मादी गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक गोपाल चन्द्र बरालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल परिवार नियोजन सङ्घ कास्कीका सभापति नवीन सिग्देलले स्थानीय सरकार, आमा समूह, टोल विकास संस्था र क्लबहरूसँग सहकार्य गर्दै संघ अगाडि बढेको उल्लेख गरे ।

शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रेम पंगेनीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।

पोखरा । पोखरामा शनिवार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्‍यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा राखे ।

लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको विकासका प्राथमिकता, सीमा नाका सुरक्षा र तटीय बस्तीको समाजशास्त्रीय अवलोकन गरेर कृति लेखेको उनले बताए । शेरचनले भने, ‘भुसाल कर्णालीको विस्तृति देखेर जति प्रभावित हुन्छन्, जलआश्रित आदिवासी महिलाको जर्जर अवस्था देखेर उत्तिकै संवेदित बन्छन् ।’

साहसिक पर्यटनले संस्कृतिको रूप नलिएको हाम्रो समाजमा आर्थिक अवस्था पनि अवरोध बनेको शेरचनले बताए । ‘परिवारले पनि प्रोत्साहन नगर्ने यस्तो सामाजिक–सांस्कृतिक परिप्रेक्ष्यमा छालबाटो र्‍याफ्टिङ संस्कृतितिर नियाल्ने सुन्दर आँखीझ्याल बनेको छ’ उनले भने ।

छालबाटोमा वर्णन मात्रै नभएर लेखकका अनूभुतिहरू पनि प्रशस्तै आएका बताउँदै शेरचनले कृतिमा मूल कर्णालीलाई निर्बाध बग्न दिनुपर्छ भन्ने कुराको उल्लेख भएको बताए । वातावरण विज्ञानमा विद्यावारिधि गरेका शेरचनले पर्यावरणलाई केन्द्रमा राखेर नीति बनाउने हो भने त्यो विद्यमान जिडिपी विकासको विपरीत उभिने भनाइ राखे । किताब पढ्दा हाँसो र सहानुभूति एकसाथ उत्पन्न हुने आफ्नो पठन अनुभूति सुनाउँदै शेरचनले हाँसो र सहानुभूतिभाव एकसाथ उत्पन्न गराउन सक्नु लेखकको शक्ति भएको बताए । पुस्तकमा आएका तथ्यहरूका कारण छालबाटो यात्रावृत्तान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय र प्राकृतिक विज्ञानको लिखत बनेको धारणा शेरचनको छ । शेरचनको ‘गल्ली संसार’ पछिल्लो समयको चर्चित निबन्धकृति हो ।

कार्यक्रममा लेखक रमेश भुसालले नेपालीहरू नदी प्रणालीप्रति आश्रित भएर पनि तिनलाई व्यावहारिक रूपमा माया गर्न नसेकेको कुराले आफूलाई किताब लेखन प्रेरित गरेको बताए । हिमाल र नदीको सम्बन्धलाई विकासका नाममा भएका कामले बाधा उत्पन्न गरेको बताउँदै उनले नदी प्रणालीप्रतिको धारणा किताबमा राखेको सुनाए । नदी मानिसका लागि मात्र नभई बाघ वा अन्य प्राणीका लागि पनि भएको उनको भनाइ छ । बाटो बनाउनका लागि पहाडहरू भत्काउने परम्परा सही नभएको बताउँदै उनले पहाडलाई पैसा हुँदा काट्न सकिने तर पैसा हुँदा जोड्न नसकिने बताए । किताबमा स्वाभाविक दृष्टि र धारणा राखेको उनको जिकिर छ । किताबले मानिसलाई एक पटक प्रकृति, नदी र चराका बारेमा सोच्न बाध्य बनाओस् भन्ने उद्देश्यले किताब लेखेको भुसालले बताए । वातावरणसम्बन्धी रिपोर्टिङमा क्रियाशील भुसालले बिबिसीलगायत विभिन्न मिडियामा काम गरेका छन् ।

साहित्यकार सरुभक्तले छालबाटो यात्रासंस्मरण मात्र नभई अनुसन्धानात्मक कृतिका रूपमा आफूले अध्ययन गरेको बताए । स्थलगत अध्ययन गरेर लेखिएको किताब हुनाले पाठकलाई लेखकले आफूसँगै यात्रा गराउन सफल भएको बताउँदै सरुभक्तले कुनै विषयमा कृति लेख्दा आवश्यक अध्ययन अनुसन्धान गर्नुपर्ने विचार राखे । कर्णाली क्षेत्रको वातावरण, समाज, संस्कृति आदिको जानकारी दिने भएकाले कृति निकै महŒवपूर्ण बनेको उनको भनाइ थियो । गैरआख्यान र आख्यान भन्नु नै आवश्यक नभएको बताउँदै उनले एकअर्कामा एकापसको गुण हुने विचार राखे । गैरआख्यानका रूपमा आएको छालबाटोमा आख्यानको गुण भेटिनेसमेत उनको धारणा थियो । पर्यावरण र नदी प्रणालीको संरक्षणका लागि आवाज उठाउने कृतिका रूपमा आफूले छालबाटो पाएको सरुभक्तले सुनाए ।

कार्यक्रममा सहसचिव दीपक पराजुली र पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

पोखरा ।

शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । लिग चरणको पहिलो खेलमा पुलिसले एपिएफलाई जितेको थियो भने पुलिसले नवौं एनभिए कप करिब दुई साता अघि पोखरामा भएको प्रतियोगिताको विजेता टिम हो । एपिएफले पुलिससंग बदला लिदा उपाधि चुम्यो । प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा एपिएफकी निरुता ठगुन्ना घोषित हुनु भयो । त्यसै गरी प्रतियोगिताको उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट सर्भरमा एपिएफकी सृष्टि खड्की, उत्कृष्ट ब्लकरमा न्यु डाइमण्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा भने एपिएफका पुष्पजंग मल्ल घोषित हुनु भयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको अध्यक्ष कोइरालाले जनाउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ६ टिम सहभागित भएका थिए ।

विजयी खेलाडीहरुलाई नेकपा माओबादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री शक्ति बहादुर बस्नेत, पार्टीका स्थायी कमिटि सदस्य सत्या पहाडी, राखेप वोर्ड सदस्य प्रकाश कुसारी, गण्डकी प्रदेशका पूर्व मन्त्री रेशम जुग्गाली, आसा कोइराला, नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइराला, उपाध्यक्ष शिव कोइराला (ज्वाला), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्तीमगर (यामबि आस्था), निवर्तमान अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

यही जेठ २७ गते देखि सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता भएको हो । उक्त प्रतियोगिताको अवसरमा नेशनल स्पोट्र्स एकेडेमीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २५ हजार सहयोग गरेको छ । खेल पत्रकार कल्याणकारी कोषको लागि आयोजक संस्थाले उक्त रकम सहयोग गरेको मञ्चले जनाएको छ ।

पोखरा ।
अधिकृत बिक्रेता संघका सदस्यसहित दुई सय ४५ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार शिविर भएको हो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, टिजी लगायतका समस्याबारे प्रकाश पारे । उनले समाजमा चलेका भ्रमको पछि नलाग्न अनुरोध गर्दै बेला बेलामा स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको सल्लाहअनुसार खानपान, जीवनयापन र औषधोपचार गर्न आग्रह गरे ।
‘सुगरले हानि पु¥याउन पाँच वर्ष लाग्छ, औषधी नखाई नियन्त्रण गर्छु भन्ने ठान्नुभो भने जीवन नै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘बेला बेलामा जाँच गरी उचित उपचार गरे, खानपान र जीवनशैली सुधारे दीर्घ जीवन बाच्न सकिन्छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले असाध्य पीडा भएपछि मात्र जाँच गराउने, स्वास्थ्य संस्था जाने परिपाटी छाड्न आग्रह गरे । उनले बेला बेलामा स्वास्थ्य जाँच गर्न आग्रह गर्दै अधिकृत बिक्रेता संघ, युआरएल जस्तै गरी अरु संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अधिकृत बिक्रेता संघ पोखरा अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा कार्यक्रम संयोजक विजेन्द्र शर्मा पौडेल, सचिव दिलीपकुमार श्रेष्ठ लगायतले बोलेका थिए । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यक्रमा दुई सय वटा निशुल्क शिविर गरिसकेको छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थ सर्वसाधारणसम्म स्वास्थ्य सचेतनासँगै गुणस्तरीय सेवा पु¥याउन शिविरहरु आयोजना गर्दै आएको बताउँछन् ।

पोखरा ।
त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले सफल व्यवसायी र विद्यार्थीहरुका विच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सफल व्यवसायी नारायण प्रसाद पौडेलले विदेशमा सिप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताउनु भयो ।

उहाँले जापानको लामो बसाईपछि नेपालमै केही गरौ भन्ने उदेश्ले फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गर्नु भयो । उहाँले नेपालमै उद्यमशिलताको संभावना रहेको स्पष्ट पार्दै, त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताउनु भयो । उहाँले नयाँ योजनाका साथ आउने बिद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । सवै व्यवसायी एकै चोटी सफल नहुने उल्लेख गर्दै व्यवसायी पौडेलले स—सानो लगानीबाट व्यवसायी शुरु गर्न आग्रह गर्नु भयो । पौडेलको मणिपाल शिक्षण अस्पताल, प्रतिभा मा.वि र अटोवेजमा संलग्नता रहेको छ ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष एवं व्यवसायी छत्रधर आत्रेयले सानो पूँजिबाट शुरु गरेका व्यबसायी सफल भएको बताउँदै, लगानीमा योजना आवश्यक रहेको बताउनु भयो ।कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजले विद्यार्थीहरुलाई विभिन्न समयमा फरक क्षेत्रमा सफल व्यक्तिको अनुभव शेयरिङ गर्दै आएको बताउनु भयो । अध्यक्ष भट्टराईले विद्यार्थीलाई एकेडेमिक कोर्ष बाहेक सफल व्यवसायीको अनुभवले अध्ययनमा थप सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा कलेजका निर्देशक बलराम ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले बोल्नु भएको थियो । त्यस अवसरमा विद्यार्थीले व्यवसाय र सफलताका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

कलेजले पछिल्लो समय विभिन्न पेशा तथा व्यवसायमा सफल व्यक्ति र विद्यार्थीका विच अन्तरक्रिया गर्दै आएको छ । कलेजमा व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तर्फ झण्डै ६ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।