
पोखरा ।
बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । पोखरा ३१ बेगनासमा रहेको सामुदायिक विद्यालय श्री आनन्द ज्योती मा.बि. बाट राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको एसईई (SEE) परिक्षा २०८१ मा सहभागी भएका सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएपछि विद्यालयले नयाँ इतिहास रच्न सफल भएको छ ।
यस विद्यालयबाट शैक्षिक बर्ष २०८१ को एसईई परिक्षमा सहभागी भएका नियमित तर्फका १६ जना र ग्रेड वृद्धि तर्फका १ जना विद्यार्थी राम्रो जीपिए सहित उत्तिर्ण भएपछि विद्यालयले नयाँ इतिहास रचेको प्रधानध्यापक शिबराज अधिकारीले बताए । जसमध्ये ३.६ देखि ४.० जिपिए अर्थात A+ ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए अर्थात A ल्याउने ८ जना र २.८ देखि ३.२ जिपिए अर्थात B+ ल्याउने ३ जना विद्यार्थी सहित १६ जना र एक जना ग्रेड वृद्धिमा सहभागी विद्यार्थी पनि राम्रो ग्रेडका साथ उत्तीर्ण भएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।
राम्रो नतिजा सहित सत प्रतिशत बिद्यार्थी उत्तिर्ण भएर नयाँ इतिहास रच्न सफल भएकोमा खुसी व्यक्त गर्दै बिद्यालयले सम्पूर्ण विद्यार्थीहरू, शिक्षक एवं कर्मचारीहरू, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरु, भू.पू विद्यार्थी मञ्च परिवार, अभिभावक तथा शुभचिन्तकहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैमा कृतज्ञता प्रकट गरेको छ ।
यो नतिजाले सामुदायिक र संस्थागत विद्यालय विचमा जनमानसमा रहेको अविश्वासको खाडललाइ पुर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले विश्वास ब्यक्त गरेको छ । यो नतिजा विद्यालयको मात्र नभई समग्र बेगनास र यस विद्यालयमा अध्ययन गरेका भू.पू. विद्यार्थीहरू एवं सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि पनि गर्वको विषय बनेको विद्यालयले जनाएको छ ।
पोखरा । पोखरा महानगर पालिका वडा नं– ६ वडा स्तरीय कृर्षि संजाल बैदामको आयोजना र वडा कार्यालय ६ को आर्थिक र प्राविधिक सहयोगमा एक दिवसीय “प्राङ्गारिक कृर्षिका लागि झोल मल बनाउने” तालिम शनिबार सम्पन्न भएको छ ।
तालिममा कौशि खेति क्वीनका उपविजेता तथा प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मल बनाउने तरिका सिकाएकी थिइन । बैदाम क्षेत्रका स्थनिय संघ संस्थाका करिब ३० जनाले मल बनाउने तालिम लिएका थिए । कार्यक्रममा धृपि, कफि र कुरिलो गरि विभिन्न प्रजातिका ३ सय विरुवा समेत वितरण गरिएको अध्यक्ष विन्द्रा धरेल जानकारी दिइन ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य पवित्रा थापाले कौसि खेति सहित करेसा बारीमा प्रयोग हुने मलहरु ऋाफैले उत्पादन गर्ने सके स्वास्थ र अर्गानि तरकारी र फलफुल खान पाइने बताइन । उनले भनिन्, “रासायनिक मलको अत्यधिक प्रयोगले माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”
प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मललाई जैविक मलका रुपमा प्रयोग गर्ने सकिन्छ । झोल मल गाइ बस्तुको गोबर , पिसाब ई.एम वा जिवातु र पानिको मिश्रण बाट तयार गरिन्छ । उनले प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले वडा भित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिन आग्रह गरिन ।
वडा सदस्य बासु बरालले कृर्षि संजाल बैदामले रासायनिक मलले पुराएको असर भोग्दै आएका किसानलाई संजालले प्राङ्गारिक कृर्षि लागि झोलमल बनाउने तालिम दिएकोमा खुशि ब्यक्त गरे ।वडा सदस्य शोभा जलारीले बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिला तथा स्थानीयहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गरिन ।
संजालकी अध्यक्ष विन्दा धरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर न्यौपने र सचिब चन्द्रकला घिमिरे पहारीले लगाएतले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उर्तान सके मात्र तालिमको महत्व बढने बताएका थिए
पोखरा ।
पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा हुने भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रादलाई वृहत र थप व्यवस्थित बनाउने तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवम विभिन्न संघ सस्थाहरु संग पुर्व तयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो ।
केदारेश्वर महादेवमणी बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर महादेवमणि बोलबम धाममा जलार्पण गरिने बताउनुभयो ।
केदारेश्वर महादेवमणि सेवाश्रम तथा गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष एवम पिठाधीश स्वामी डा.चिद्घन चैतन्य गुरुले श्रावण महिनाको हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भिड लागे पनि बोलबम पैदल जलयात्रामा कम भक्तजन सहभागी हुने गरेको बताउनु भयो । बोलबम यात्राको विशेष महत्व हुने भएकोले यसलाई उत्सवको रुपमा सबै भत्तजनले कम्तीमा एउटा सोमबार भए पनि जलयात्रामा सहभागी भइ यसको अनुभूति लिन आग्रह गर्नभयो ।
यो वर्ष बोलबमलाई सफल बनाउन बिभिन्न संघ संस्थाहरुले साथ दिएको छ । मितेरी नारी समूह बैदाम , मारवाडि समुह कास्की, नेपाल भारत व्यवसायी (एन.वि) समिति, अर्गानिक जुम्बा सहित स्व.राम्जी बानियाँका सुपुत्र सन्तोष बानियाले प्रत्येक सोमबारको प्रसाद वितरण तथा व्यवस्थापनमा सहयोग गर्ने बताए ।
भेलामा समाजसेवी वुद्धिनाथ अधिकारी, समितिका मिडिया सल्लाहकार एवम रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, महिला संजाल पोखरा ६ का अध्यक्ष वविता मल्ल, अन्नपुर्ण केवलकारका कार्यकारी निर्देशक दिनेश पौडेल , नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ६ का सभापति तुलसी दाहाल, समाजसेवी गिरधारी अधिकारी लगाएतले सुझाव सहित शुभकामना दिए ।
भेलामा स्वगत समितिका वरिष्ठ उपाध्यक्ष मिना भट्टराइ र संचालन सचिव ओमनाथ अधिकारीले गरेका थिए ,ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ श्रावण महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।
बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुदै आएको छ ।
पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् ।
“धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने ।
मन्त्री थापाले कृषकहरुले पसिना बगाएर हामीले अन्न खान पाएको उल्लेख गरे । कृषिलाई व्यवसायिक, प्रविधिमैत्री र युवामैत्री बनाउन आवश्यक रहेको उनले औंल्याए । कृषि क्षेत्रको व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको भनाई उनको छ ।
उनले कृषि व्यवसायमा हुनसक्ने जोखिम न्यूनीकरण गरी कृषकको हित संरक्षण गर्न बीमा प्रिमियममा सहुलियत र व्यवसाय प्रवद्र्धनका लागि गण्डकी सरकारले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने बताए ।
खाद्य सुरक्षाको क्षेत्रमा प्रमुख भूमिका खेल्ने बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि समुदायस्तरमा चैतेधान तथा प्रशोधनयोग्य आलु उत्पादन सम्वन्धी कार्यक्रमको निरन्तरतामा गण्डकी सरकारले जोड दिएको भनाई उनको छ ।
कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण, विविधीकरण तथा औद्योगिकरणका लागि लगानी आकर्षित गर्न सार्वजनिक, निजी तथा समुदायको सहकार्यमा कृषि विकास कार्यक्रम ल्याइएको उनले जानकारी गराए ।
नेपाल किसान महासंघ कास्कीका सभापति पुण्डरी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की, नेपाल किसान महासंघ केन्द्रकी सदस्य नम्रता बराल लगायतले बोलेका थिए । कार्यक्रममा धान रोपाई सँगसँगै हिले दौड प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम राखिएको थियो । नेपाल किसान महासंघ कास्कीले वर्षेनी असार १५ गते रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।
लेखनाथ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ ।
गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो ।
अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं. २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको छ ।यसैगरी मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं. ३० का धु्रवराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मी प्रसाद त्रिपाठीलाई सदस्यमा मनोनित गरेका गर्नु भएको छ । उनिहरुलाई पनि तीन बर्षका लागि नियुक्त गरिएको हो ।
अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ । कार्यविधि अनुसार वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा. सुमन खनिया सदस्य सचिव रहनु भएको छ ।
समितिका अध्यक्ष एवं सदस्यहरुलाई मनोनयन गरिएको पत्र बितरण गर्दै, महानगरप्रमुख आचार्यले शिसुवा अस्पताललाई स्तरोन्ती गरि महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।उहाँले साविक लेखनाथ नगरपालिकाको भवनमा जलन उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडी बढाईएको बताउनु भयो । मेयर आचार्यले महानगरको एकमात्र अस्पताल भएकाले विशेषज्ञ सेवा सहित जनशक्ति थप गरिने बताउनु भयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बाबुराम गिरीले महानगरसँग समन्वय गरेर सवैको पहुच पुग्ने गरी अस्पताललाई सुधार गरिने बताउनु भयो । उहाँले अस्पतालमा विरामीको चाप अनुसारको जनशक्ति उपलब्ध हुन नसकेको बताउनु भयो ।कार्यक्रममा पोखरा महानगरपालिका वडा न.ं २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्ग, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले महानगरकै अब्बल अस्पताल हुनेगरी काम गर्न व्यवस्थापन समितिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले सबल व्यवस्थापन समिति गठनका लागि केही समय ढिलो भएको उल्लेख गर्दै अव अस्पतालले गतिलिने उल्लेख गर्नु भयो ।कार्यक्रममा वडा नं. ३१ का वडासदस्य धनदेवी तिवारी, ३० का सदस्य विनोद लामिछाने, स्वास्थ्य महाशाखाका र अस्पतालका कर्मचारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
रोहित वस्नेत
असार १५ पोखरा : अर्घाखाँची र पोखरा बिच भगीनी सम्बन्ध गाँस्न सकिन्छ : मेयर आचार्य, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरा र अर्घाखाँची विच भगीनी सम्बन्ध गास्न सकिने बताएका छन् । अर्घाखाँची पोखरा सम्पर्क समाजको १८औं वार्षिक साधारण सभा तथा ९औं अधिबेशनमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्दै उक्त कुरा बताएका हुन । मेयर आचार्यले अर्घाखाँची पोखरा समाजलाई पोखरा महानगरपालिकाले सवै प्रकारको सक्दो सहयोग समेत गर्ने बताएका छन् । अर्घाखाँचीको परिचयसहित स्थानीय तहले छनोट गरेका जिल्लाका १९ वटा पर्यटकीय स्थलमध्ये धार्मिक, ऐतिहासिक, पर्यटकीय संरचना सहित डाँडाकाँडा रहेका छन् । अर्घाखाँचीमा सबैभन्दा धेरै धार्मिक पर्यटक दर्शनको लागि सुपादेउराली मन्दिरमा आउँछन् । पछिल्लो समय यो मन्दिर प्रख्यात छ । भारत र नेपालका टाढाटाढाबाट दैनिक ५ सय देखि एक हजारजना सम्म तीर्थालु दर्शनको लागि सुपादेउराली मन्दिरमा आउँछन् । पर्यटनको लागि नेपालमा अनुपम प्राकृतिक सौन्दर्य, अद्धितीय पर्यटकीय क्षेत्रको विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ।
समाजको ९औं अधिबेशनवाट राम प्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् । यसै गरि बरिष्ठ उपाध्यक्षमा बाबुलाल पाण्डे, प्रथम उपाध्यक्षमा ईन्द्र बहादुर कुँवर, द्धितियमा शोभाखर पाण्डे, समाजको महासचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा कृष्ण प्रसाद पाण्डे (स्टार) सचिवमा नमराज पाण्डे, उप—कोषाध्यक्षमा खिमलाल बरायली चयन भएका छन् । यसै गरि समाजको सचेतकमा सिता पन्थी र उप—सचेतकमा गोमा आचार्य चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा राम प्रसाद पाण्डे, अर्जुन अधिकारी, कृष्ण प्रसाद पाण्डे (आईटी), नारायण पाण्डे, नारायण क्षेत्री, कमला खनाल, मिरा गौतम, तेजनिधि अधिकारी, रमेश पाण्डे, कमल पौडेल, मान बहादुर ताम्राकार र गोबिन्द भुसाल चयन भएका छन् ।
समाजले बार्षिक साधारण सभा र अधिबेशनको अवसर पारेर समाजलाई विधिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न बिधा ज्येष्ठ नागरीक, आजिवन सदस्य, युवा सम्मान तथा पत्रकारीतामा समेत योगदान गर्नेलाई समेत सम्मान गरेको थियो ।
अर्घाखाँची जिल्लादेखि बसाइँसराई, व्यवसायिक र रोजगारीको सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले २०६३ साल देखि विधिवत रुपमा दर्ता भइ सुरु भएको हाल सम्म ३०० जना भन्दा बढी आजिवन सदस्य र तिनका परिवार सहित गर्दा लगभग १२०० भन्दा बढी रहेका छन् ।
समाजले यो कार्यकालमा उत्कृष्ट कार्यहरु गरेको छ । अर्घाखाँची र पोखरालाई जोड्ने विभिन्न कार्यहरु जस्तै प्रशिद्ध सुपादेउरालीमा डिजिटल वोर्डको स्थापना, विधान सम्सोधन, समाजको कार्यालयको स्थापना, समाज दर्ताको लामो समय पछी आन्तरीक राजश्व कार्यालयमा पान दर्ता, बृहत रक्तदान कार्यक्रम, समाजको बार्षिक उत्सवमा विपन्न बर्गका विद्यार्थिहरुलाई न्यानो कपडा वितरण, मानवसेवा फाउण्डेशनको आजिवन सदस्यता संस्कृतिको जर्गेना गर्ने उदेश्ययले देउसी भैलो कार्यक्रम लगायत समाजले सदा झै गर्ने बार्षिक कार्यहरुको निरन्तरता दिएको थियो ।
अध्यक्ष दधिराम खनालको २ बर्षे कार्यकालमा समाजले आर्थिक फड्को मार्न समेत सफल भएको देखिन्छ साथै विभिन्न क्षेत्रमा रहेका अर्धाखाँचीबाट पोखरामा आइ बसोवास गर्ने करिव १०० भन्दा बढीलाई आजिवन सदस्यता प्रदान गरिएको छ । समाजका अध्यक्ष दधिराम खनालले अहिले सम्मकै उत्कृष्ठ समाजका भावि सन्ततीलाई एउटा दस्ताबेज तयारी पारी नयाँ समितिलाई हस्तान्तरण समेत गर्नुभएको थियो ।
समाजका विशिष्ट अतिथि निति तथा योजना आयोग गण्डकी प्रदेशका सचिव टंक प्रसाद पाण्डेय, निति तथा योजना आयोगका उप -सचिव अर्घाखाँचीकी चेली गिता घिमिरे, धादिङ्ग पोखरा समाजका अध्यक्ष सरस्वती श्रेष्ठ, गुल्मेली समाजका अध्यक्ष कमल न्यौपाने, स्याङ्गजाली सम्पर्क सदनका उपाध्यक्ष पत्रकार कमल पौडेल अथक, बर्दिया समाजकी अध्यक्ष पुष्पा मरासिनी, मेडिप्लस हस्पीटलका संचालक डा. सरोज पोख्रेल लगायतले शुभमामना मन्तब्य दिएका थिए ।
अर्घाखाँची पोखरा समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डे, समाजका निबर्तमान अध्यक्ष चेतनारायण पाण्डे, अर्घाखाँची समाजका शुभचिन्तक हरि शर्मा गैरे, आजिवन सदस्य नारायण पन्थी, आजिवन सदस्य लक्ष्मी पाण्डेले अव बन्ने नयाँ कार्यसमितिलाइ शुभकामना दिएका थिए ।
निर्वाचन संयोजक डा. पिताम्बर पौडेलले नव निर्वाचित टिमलाई खादा माला लगाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
समाजका बरिष्ठ उपाध्यक्ष राम प्रसाद पौडेलले स्वागत मन्तब्य दिएका थिए भने प्रथम उपाध्यक्ष बाबुलाल पाण्डेले कार्यक्रम समापन गरेका थिए । समाजका महासचिव ईन्द्र बहादुर कुँवर कार्यक्रम चलाएका थिए ।


पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा १५२ जना पत्रकार, सञ्चारकर्मी एवम स्थानियले लाभ लिएका छन् ।
शिविरमा बोल्दै नेपाल नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले जुनसुकै संचारमाध्यममा काम गरेपनि सबै भन्दा वढी प्रभाव आँखालाई पर्ने बताए । उनले पत्रकारको आँखा सुरक्षित राख्न नेत्र ज्योति संघले सहयोग गरेकोमा धन्यवाद दिए ।
नेपाल नेत्र ज्योती संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले नेपालमा आँखा उपचारमा अब्बल रहेको बताउदै अन्य रोगको उपचार गर्न नागरिक विदेश गए जस्तै आँखा उपचार गर्न विदेशी नेपाल आउने गरेको बताए । पत्रकारको आँखामा केही समस्या भएमा हिमालय आँखा अस्पातालले पत्रकार महासंघको सिफारिसमा अवस्था हेरेर उपचारमा सहयोग गने बताए ।
शिविरमा हिमालय आँखा अस्पतालका प्रशासकिय अधिकृत कुमार गर्बजा, नेत्र अधिकृत गोविन्दनाथ योगी सहित ९ जनाको टोली सहभागी थियो ।नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव भुपाल गुरुङले गरेका थिए ।
असार ११ पोखरा : बाग्लुङ्ग जिल्लाको ढोरपाटन नपा वडा नं. ७ बाट १० बर्ष पहिला पोखरा झरेर रेष्टुरेण्ट व्यवसाय संचालन गर्ने अर्जुन के.सीले मेरो बाबा नामक अति मार्मिक गीत बजारमा ल्याएका छन् । केसीले आफूलाई जन्म दिने बाबा आत्माराम केसीको वर्षदिनको अवसरमा उक्त गीत सार्वजानिक गरेका हुन् ।
गीतमा अर्जुन केसीको स्वर, र शब्द सिर्जना रहेको छ । गायक रामजी पौडेलले गीतमा संगीत दिएका छन् । गीतको म्युजिक भिडियोमा गायक केसी स्वयम अभिनय गरेका छन भने लेकबहादुर पहाडी, लालाजी, दिपेन्द्र गौतम, सुजन थापामगर, सपना कोइराला, आशिका केसी र दिपेन्द्र रसाइलीको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोलाई समीर रामदामले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने भिडियोलाई गायक केसीको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।
रोहित बस्नेत
असार १० पोखरा : नेपाल औषधि व्यवसायी संघ, कास्की शाखाले संघको ५२औं स्थापना दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संघको स्थापना दिवसको उपलक्ष्यमा देशभरका औषधी व्यवसायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाइरहँदा कास्की शाखाले पनि संघका अध्यक्ष धिरज गौतमको अध्यक्षतामा पोखरा महानपालिका वडा नंं ५ प्रस्याङ्ग स्थित एक पार्कमा बृक्षारोपण गरि भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको हो ।
बृक्षारोपण कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पाण्डेले पछिल्लो समय वातारण बिग्रीरहेको अवस्था र यसको संरक्षण गर्न बोटबिरुवा रोप्नु र यसको संरक्षण गर्नु अपरिहार्य रहेकोले पोखरालाई हरित नगर बनाउने अभियानमा सबै लाग्न अनुरोध समेत गर्नु भएको थियो ।
कार्यक्रममा महासचिव संजिव देवकोटा, कास्की जिल्लाका निवर्तमान अध्यक्ष बिक्रम पन्त र पार्क व्यवस्थापन समितिका अध्यक्ष शिव पराजुलीले बृक्षारोपण कार्यक्रम गरि पोखरालाई स्वच्छ सुन्दर बनाउने कुरामा जोड दिनुभएको थियो ।
कास्की शाखाले स्थापना दिवसको अवसरमा विभिन्न प्रजातिका रुख, विरुवा,फलफूलका बिरुवा रोपी उत्कृष्ठ कार्य गरेको प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो । यस अवसरमा पार्क परिसरमा बिभिन्न प्रजातीका ३० वटा विरुवा रोपीएका छन ।
स्थापना दिवको अवसरमा संघले उत्कृष्ट कार्य गरेकाले विरुवाको उचित संरक्षण गर्ने पार्क व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले बताउनु भएको छ ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष सन्तोष पराजुलीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन संघका उपाध्यक्ष अर्जुन कार्कीले गर्नुभएको थियो । संघले आगामी दिनमा पनि समाजमा यस्तै रचनात्मक कार्यक्रम गर्ने संघका अध्यक्ष धिरज गौतमले बताउनु भयो ।
रोहित वस्नेत
असार ९ पोखरा : अर्घाखाँची जिल्लादेखि बसाइँसराई, व्यवसायिक र रोजगारीको सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले २०६३ साल देखि विधिवत रुपमा दर्ता भइ सुरु भएको अर्घाखाँची पोखरा सम्पर्क समाजको १८औं वार्षिक साधारण सभा तथा ९औं अधिबेशनको अवसर पारी समाजका सदस्यहरुका परिवारमा रहेका जेष्ठ नागरीकलाइ यही असार १४ गते पोखरा महानगरपालिका वडा नं. ६, डिहीकोपाटन स्थित गार्डेन ड्रिम रिर्सोट एण्ड स्पामा सम्मान गर्ने समाजका अध्यक्ष दधिराम खनालले बताएका छन् ।
समाजले स्थापनाकालदेखि सामाजिक उत्तरदायित्व अन्तरर्गत पर्ने विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ तिजमा समाजका चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम, दशैमा शुभकामना आदान प्रदान कार्यक्रम, तिहारमा देउसी भैलो कायक्रम तथा अन्य समयमा कहिले बृद्धाआश्रमलाई सहयोग, कहिले गरिव तथा जेहेन्दार बिधार्थीलाइ न्यानो कपडा र स्टेशनरी वितरण, कहिले बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्यमा अर्घाखाँची समाज पोखरामा उत्कृष्ट बन्दै गएको छ । स्मरण रहोस : पोखराका लागि अघाँखाँची वासीहरु उर्जा हुन् ।
ज्येष्ठ नागरिक :…
भनिन्छ, ज्येष्ठ नागरिक जीवित पुस्तकालय हुन्, जति पढ्यो उति ज्ञान मिल्छ जसले आफ्नो जीवनको अमूल्य समय परिवार, समाज र राष्ट्रको सेवामा समर्पण गरेर अनुभव आर्जन गरेका हुन्छन् । कामले परिपक्व र विचारमा दृढ व्यक्ति नै ज्येष्ठ नागरिक हुन्। मानव जीवनका विभिन्न अवस्थामध्ये बृद्धावस्था एक हो, अर्थात् बृद्धाबस्था आउनु जैविक प्रक्रिया हो। समाजका अग्रज, मार्गदर्शक तथा पथप्रदर्शक ज्येष्ठ नागरिकमा अनुभव र परिपक्वताले गर्दा कुनै पनि विषयको गहिराइसम्म पुग्नसक्ने क्षमता हुन्छ ।
लामो समयसम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागि ज्येष्ठ नागरिकबाट जीवनोपयोगी शिक्षा मिल्छ । आजका युवाले के बुझ्नु जरुरी छ भने, अहिलेका ज्येष्ठ नागरिक भनेका हिजोका युवाशक्ति हुन् ।
उमेर बढ्दै जाँदा बूढ्यौली अवस्थामा पुग्दा शारीरिक कमजोरी देखिनु, अशक्तता आउनु तथा सहाराको आवश्यकता पर्नु स्वाभाविक प्रक्रिया हो । अहिले कतिपय अवस्थामा ज्येष्ठ नागरिक परिवार तथा समाजबाटै अपहेलित भएको, उपेक्षित भएको देखिन्छ । यसले गर्दा उनीहरू बृद्धाश्रमको सहारा खोजिरहेका हुन्छन्, पाटीपौवामा जीवन बिताउन बाध्य छन् । त्यतिमात्र होइन आफ्नै सन्तानले बृद्ध बुबाआमाप्रतिको कर्तव्य बिर्सिएर बृद्धाश्रममा पुर्याउएको पनि हामीले देख्न पाइन्छ ।
सामाजिक संरचनामा आएको परिवर्तन, युवा पिँढीको पलायन, विज्ञानको तीव्र विकास, व्यस्त जीवन शैलीको प्रभावबाट आएको अन्तरपुस्ता फरकपनाको कारणले गर्दा हिजोको समाजका योद्धा ज्येष्ठ व्यक्तिहरूको जीवन दिनप्रतिदिन कष्टकर भइरहेको छ । इतिहासका धरोहर, अनुभव एवं प्रेरणाका स्रोतलाई बोझका रूपमा लिनु, उनीहरूप्रतिको कर्तव्य बिर्सिनु विगतका नायकहरूलाई अन्याय गर्नु हो । यस्तो व्यवहारले भोलिको पुस्ता असल बन्न मुश्किल पर्छ ।
ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन्छ । सामान्य जीवन जिउने तरिकादेखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा नै हुन्छ । उनीहरूको अन्तर्दृष्टि व्यक्तिगत विकास र सिकाइका लागि पनि बहुमूल्य हुन सक्छन् ।
ज्येष्ठ नागरिकले आफ्नो समग्र जीवनमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएकै हुन्छन् । उनीहरूको विगत र वर्तमानका योगदानलाई उचित मूल्याङ्कन गरी सम्मान गर्नाले सबैमा सकारात्मक कृतज्ञताको भावना बढ्छ । समाजमा सकारात्मक प्रभावलाई स्वीकार गर्ने परिपाटीको विकास हुन्छ ।
यस्ता ज्येष्ठ नागरिकलाई आदर, सम्मान गर्दा जीवनको बहुमूल्य पाठ एक अर्कामा प्रसारण गर्ने अवसर बढ्दै जान्छ । ज्येष्ठ नागरिकलाई गरिने सम्मानले पुस्ता पुस्ताबिचको पुल निर्माण गर्न मद्दत गर्छ । यसले विभिन्न उमेर समूहहरूबिच समझदारी र सहयोगको वातावरण सिर्जना गर्दछ । परिवार र समुदायमा एकता, शान्ति, मेलमिलापको भावना बढाउँछ ।
सम्मान र मर्यादित जीवनको अनुभवले ज्येष्ठ नागरिकको मनोवैज्ञानिक पक्षको विकासमा सकारात्मक योगदान पु¥याउँछ । एक्लोपनको जोखिम कम गर्दछ, जुन अहिले धेरै ज्येष्ठ नागरिकमा देखिने साझा चिन्ताको विषय हो ।
विश्वमा यस्तो कुनै धर्म वा समुदाय छैन, जसले ज्येष्ठ नागरिकलाई आदर सम्मान गर्ने कुरामा बिमति राख्दछ । हाम्रो सनातन धर्मले त झन् ज्येष्ठ नागरिकलाई जिउँदा देवताको सङ्ज्ञा दिएको छ । यदि धार्मिक तथा नैतिक विचारमा अडिग भएर लाग्छौ भने हामीले ज्येष्ठ नागरिकको सम्मान गर्न पछी पर्नु हुदैन ।
…यदि तपाई पनि अर्घाखाँची जिल्लादेखि विभिन्न सिलसिलामा पोखरा आएर बसोवास गरि अर्धाखाँची समाज सँग जोडिनु भएको छ भने यसैलाइ सुचनाको आधार मानेर उपस्थित भैदिनुहोला तर अझै सम्म समाज सँग जोडिनु भएको छैन भने पनि मन नअलमलाई ढुक्क भएर आउनुहोला ।





