२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

रोहित वस्नेत

चत्रै २२ पोखरा: पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको ७५ प्रतिशत तयारी पुरा भएको छ । कोटीहोम शंकल्पकर्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनको आयोजनामा यही बैशाख १७ गते देखि जेष्ठ २६ गते सम्म हुने कोटीहोम महायज्ञको तयारीको ७५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमा नै सकिने छ ।

कोटीहोम अवधिमा भारतका विश्व प्रशिद्ध गुरु शंकराआचार्य लगायत महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी सँगै साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन हुने कार्यक्रम छ ।

चैत्र २८ गते विश्व कै कान्छी भागवत बाचिका ९ वर्षकि गुल्मेली चेली अनुराधा पाण्डे पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । ९ बर्षको उमेरमा काठमाडौँमा सम्पन्न पशुपति कोटीहोममा भागवत कथा बाचन गरेर चर्चामा आएकी अनुराधाले,देवघाटको मुक्तिनाथ आश्रम र धनगढीमा ठुलो संख्याका भक्तजनसामु भागवतकथा बाचन गरिसकेकी छन। अहिले १० बर्ष उमेर पुगेकी अनुराधाले पोखराको कोटीहोम महायज्ञमा चैत्र ३० गतेबाट बैशाख ५ गतेसम्म भागवत कथा बचन गर्ने कार्यक्रम तय गरिएको छ ।

 यसैगरी बैशाख ५ गते प्रसिद्ध कथा वाचिका देबी प्रतिभा पोखरा आउने र उनले बैशाख १८ गतेसम्म कथा बाचन गर्ने भएकी छन । महायज्ञमा सहभागी हुन भारतका प्रख्यात र शक्तिशाली धर्म गुरुहरु मध्येका आचार्य महामण्डलेश्वर बैशाख १७ गते पोखरा आएर यज्ञको पुर्बांग गर्ने तयारी भैरहेको समेत महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले बताउनु भएको छ ।

भारतका शक्तिशाली मानिने बाघेश्वर बाबालाई समेत पोखराको कोटीहोम महायज्ञमा सहभागी गराउने बारे आबश्यक पहल भैरहेको बताउनु भएको छ ।

अन्य धेरै धार्मिक व्यक्तित्वहरुलाई पोखराको कोटीहोममा सहभागी गराउन आफ्नो तर्फबाट प्रयास भैरहेको जानकारी दिनुभयो बिजय कृष्णमुर्तीका अनुसार सबैजसो धर्मगुरुहरु पोखराको कोटीहोममा सहभागी बन्ने बाताबरण तयार भयो भने पोखरामा लाखौ पर्यटकहरु भित्रिने निश्चित छ। तर भारतका बाघेश्वर बाबा जस्ता प्रभावशाली धर्मगुरुहरुलाई पोखरा ल्याउन करोडौं रुपैया खर्च हुने भएकोले त्यसका लागि आबश्यक तयारी र गृहकार्य भैरहेको संकल्पकर्ता बिजय कृष्णमुर्ती बताउनु भएको छ ।

महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीका अनुसार पोखराको महायज्ञप्रति नकारात्मक प्रचार गर्नेहरुलाई समेत पुण्य मिल्ने बताउनुभएको छ । किन कि उहाँहरुले महायज्ञको नकारात्मक तरीकाले भए पनि प्रचार प्रसार बढी गर्नुभएको छ, यत्तिको प्रचार गर्दा लाखौँ, करोडौं खर्च गरेर पनि पाउनसक्ने अबस्था नभएको उहाँहरु सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।

अहिले महायज्ञको शुभकामना शन्देश दिनेहरुको बिरौटामा लर्को लागेको छ । मानव सेवा फाउन्डेसन नेपाल समेतका संस्थाहरुले बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने महायज्ञको प्रचार प्रसार लगायतका अन्य काम भने चैत्र १७ गतेबाट नै शुरु गरिएको छ । आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ गत साउनमा काठमाण्डौको पशुपति क्षेत्रमा कोटीहोम महायज्ञ आयोजना गरिएको तथा छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ । अभिभावकवीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास, वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ । आश्रममा देशका विभिन्न स्थानका अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आइरहेका छन् भने बेसाहरा, पीडित, दुखी, गरिब र आधारभूत अवश्यकताबाट बन्चित बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन् ।

रोहित वस्नेत

चैत्र २१ पोखरा : पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको समय नजिकिंदै जाँदा महायज्ञको तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ महायज्ञस्थल नजिक सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन । महायज्ञको बारेमा चासो राख्ने भक्तजनलाई सहजहोस् भन्ने उद्देश्यका साथ महायज्ञस्थल नजिक सम्पर्क कार्यालय स्थापना गरिएको कोटीहोम शंकल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मुक्ति महाराजले जानकारी दिनु भयो ।

सदा शिबजी सिद्देश्वर हरिहर मन्दिरको नाममा रहेको करिब ३० रोपनी जग्गासहित स्थानीय बासिन्दाहरुको खाली जग्गामा महायज्ञका बिबिध गतिबिधिहरु संचालन हुनेछन् ।  

वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी युद्दस्तरमा भैरहेको र सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकका तर्फबाट धार्मिक अभियान्ता गिरिराज अधिकारीले कोरोला खवरलाइ जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा युगमा एक पटक मात्रै हुन सक्ने खालको कोटिहोम पोखरामा हुनु पोखरेलीको गौरबको बिषय हो यस्तो महायज्ञ इतिहासमा नभएको थियो नहुन सक्ला ? तर्सथ यो सूवर्ण अवसरलाइ तपाई हामी गण्डकी प्रदेश बासी हरतरहले सफल बनाउन लाग्नु पर्नेछ , पोखरालाई विश्व सामु चिनाउने यो कोटिहोम कोशेढुङ्गा सावित हुने कुरा सामाजिक अभियान्ता तुलसी दाहालले बताउनु भएको छ ।

पोखरामा हुने कोटीहोममा राधिका दासि, देवी प्रतिभा देखि कान्छी बाचीका अनुराधा पाण्डे, दिनबन्धु पोखरेल तथा अन्य कथा बाचक बाचिकाहरुले कथा बाचन गर्ने अयोजकले जनाएको छ ।

 

पोखरा ।
किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले बताउनुभएको छ ।  प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा पुगेका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहिवार पाण्डेले सो धारणा व्यक्त गरेका हुन ।
 
नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनको सहयोगमा मध्यबिन्दु नगरमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ३० जना किशोरीहरुले आफुहरुले काम गर्दाका दौरानका अनुभव, चुनौती र सम्भावनाका विषय ध्यानाकर्षण गराए । किशोरीको टोलीले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिका लक्षित गर्नुपर्ने १६ बुँदे ध्यानाकर्षण पत्र पेश गरेका थिए । 
 
ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरु र संरचनाहरुको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरुमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरुमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन, दिवा खाजाको ब्यबस्थापनको लागि स्थानीय तहसगको समन्वयमा काम गर्नुपर्ने  जस्ता विषयहरु समावेश गरिएको किशोरी अभियन्ता अनिशा पौडेलले बताईन् ।
 
बालिकाहरुको लागि आवश्यक पर्ने विभिन्न विषयहरुको बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता सस्कृती भट्टराईले बताउनुभयो ।बालिकाहरुको भ्रुणमै असुरक्षित रहनु,  हिंसा, दुर्व्यवहार र शोषणको शिकार हुनु गम्भीर चुनौतीको रुपमा उल्लेख छ । यी समस्या समाधानको लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा लैजान जोड दिइएको छ । 
 
ध्यानाकर्षण पत्र पश्चात मुख्यमन्त्रीले प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र भित्र गर्न सकिने कार्यहरुको नीतिगत व्यवस्थाहरु सुरु गरिएको र सम्पुर्ण किशोरीहरु सजग जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।किशोरीहरुको प्रस्तुत मागका सम्बन्धमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना निर्माण गर्ने प्रतिबद्धता गरे । 
 
मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा रहेका बिषयहरु यसप्रकार रहेको छ ।
 
१) सर्वप्रथम गण्डकी प्रदेश सरकारले हाम्रो नगरपालिकामा विभिन्न योजनाहरुमा सहयोग पुर्याउनु भएको छ । सो कार्यक्रमहरुले हामी समग्र किशोरीहरुको लागि समेत सहयोग पुगेकोले यहाँबाट सहयोग भै सञ्चालन भएका कार्यक्रमहरु मुख्यमन्त्री नवप्रर्वतन कार्यक्रम अन्तर्गतबाट फोहोरबाट जैविक मल बनाउने केन्द्रको स्थापना, नगर भित्रका सम्पूर्ण बालबालिकाहरुलाई खुसीका साथ आफ्नो जिवनयापन बिताउन हाम्रो खुसी कार्यक्रम र विषादी रहीत खानपानमा सहयोग पुर्याउन अर्गानिक कृषिको कार्यक्रम सहयोग गर्नुभएकोमा यहाँलाई सधन्यबाद यसको निरन्तरताको लागि समेत अनुरोध गर्दछौ । 
 
२) आज पनि हामी छोरीहरु भ्रुणको अवस्थाबाट नै असुरक्षित छौ । जन्मेपछी पनि हामी बालिकाहरुलाई विभिन्न प्रकारको पीडा, हिंसा, दुव्र्यवहार, अन्याय र अत्याचार लगायतका असहज र अमानवीय व्यवहारका घटनाहरु यस प्रदेशमा पनि सार्वजनिक भईरहेका छन् । यो सवैको अन्त्य गर्न प्रदेश सरकारको नेतृत्वमा सबै स्थानीय तहलाई बालबालिका र किशोरीमैत्री वातावरण निर्माण तथा कार्यान्वयन, निरन्तर अनुगमन तथा मुल्याङ्कन गरी बालअधिकारको सुनिश्चितता गरियोस् ।
 
३) विद्यालय शिक्षालाई पूर्ण रुपमा निशुल्क र सिपमुलक तथा प्राविधिक शिक्षाको सुनिश्चित गर्दै पाठ्यपुस्तकहरुमा बालबालिका र किशोरकिशोरीको लागि आवश्यक सम्पूर्ण विषयहरू समावेश गरी पठनपाठन गर्ने वातावरण निर्माण गरियोस् । प्राविधिक, माध्यमिक एवम् उच्च शिक्षामा बालिकाहरुको पनि समान पहुँच, अवसर र लैङ्गिक समानतापुर्ण व्यवहारको व्यवस्था गरियोस् । प्रत्येक विद्यालयमा विद्यालय स्टाफ नर्स, स्वास्थ्यकर्मी, मनोविमर्शकर्ता तथा मानसिक स्वास्थ्य सम्बन्धि विशेष कार्यक्रम संचालन गर्नको लागि व्यवस्था गरियोस् ।
 
४) हाम्रो प्रदेशको बालबालिकासम्बन्धी ऐन आएकोमा हामीलाई खुसी लागेको छ । अव यसको सही रुपमा कार्यान्वयनको लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरु र संयन्त्रको व्यवस्था गरियोस् । साथै मन्त्रालयहरु, प्रदेश बाल अधिकार समिति र विभिन्न संसदिय समिति देखी स्थानीय तहसम्म नै बालिकाहरुको लागि छुटै डेस्क, विशेष समितिको गठन गरि सञ्चालन गरियोस् ।
 
५) विद्यालय, स्वास्थ्य केन्द्रमा लैंगिकमैत्री शौचालय, सडक लगायत प्रदेश भित्र आवश्यक पर्ने विभिन्न भौतिक संरचना निर्माण सँगसँगै हामी किशोरी तथा बालिकाहरूको मानविय विकास र विभिन्न क्षमता अभिबृद्धि गर्नका लागि लगानी बृद्धि गरियोस् । 
 
६) प्रदेश भित्रका सार्वजनिक स्थानहरु, पार्कहरु, खेलमैदान, शहर सुरक्षित र यातायातका साधनहरु बालमैत्री, अपांगतामैत्री, र किशोरीमैत्री बन्नको लागि आवश्यक पर्ने विभिन्न पूर्वाधारहरुको निर्माण गरी सुरक्षित शहरको निर्माणमा पहल गरियोस् ।
 
७) बालबालिका राष्ट्रिय गौरव हुन, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन, बालमैत्री स्थानीय शासन, किशोरकिशोरी, युवामैत्री र पोषणमैत्री, बाताबरणमैत्री, लैगिंकमैत्रीको प्रबद्र्धन गर्न यो अभियान सबै स्थानीय तहमा विस्तार गरियोस् । 
 
८) अपागंता भएका बालबालिकाहरुको लागि समावेशी शिक्षा, स्वास्थ्य र उनीहरुको पनि अर्थपूर्ण सहभागिताको लागि नीतिगत व्यवस्था सहीत पहल सुरु गरियोस् । अटिजम भएका बालबालिकाहरुको लागि विशेष योजना सहीत समावेशी उपचार पद्धती र सिकाईको लागि पहल गरियोस् । 
 
९) बाल पोषण र विद्यालयमा उपलब्ध हुने दिवा खाजा कक्षा ५ सम्म मात्र रहेकोले कक्षा १० सम्मका सवै बालबालिकाहरुको पाउने गरी व्यवस्थाका लागि प्रदेश सरकारले आवश्यक स्रोतका लागि संघ सरकारसँग र प्रभावकारी सञ्चालनको लागि स्थानीय सरकारसँग मिलेर पहल गरियोस् । साथै दिवा खाजामा रैथाने खानाको प्रबद्र्धनको लागि स्थानीय सरकारसँगको समन्वयमा विद्यालयमा र घरमा नै करेसावारी निर्माण, बालबालिकालाई श्रमप्रति आकर्षणको लागि माटोसँगै बालबालिका कार्यक्रम र कृषिसँग बालबालिका कार्यक्रम सुरु गरियोस । 
 
१०) खेलकुद लगायत साहसिक क्षेत्रहरूमा बालिका र किशोरीहरूको संरक्षण र सरोकारलाई प्राथमिकता दिनु आजको युगको प्राथमिकता हो । बालिकाहरुको खेलकुदमा सहभागिता अभिबृद्धीको लागी  खेलकुद मैदानको छुट्टै व्यवस्था र किशोर सरह किशोरीहरुलाई पनि प्रोत्साहनको लागि उचित पुरस्कारको वितरण जस्ता विषय प्रति ध्यान दिईयोस् ।
 
११) लैंङ्गिक समानताको लागि पुरुष, बालक र किशोरहरूको सक्रिय र सकारात्मक सहभागिता प्रवद्र्धन गर्न पुरुष सहभागिता अभियान सञ्चालन गरियोस् । बालिकाहरूको जीवन सुरक्षाको लागि बालिका विमा कार्यक्रम सँगै आमाबाबु तथा अभिभावक विहिन बालबालिका, अपांगता भएका बालबालिकाका लागि सामाजिक सुरक्षा सहज रुपमा पाउनको लागि वातावरण निर्माणमा पहल गरियोस् ।
 
१२) बालिका तथा किशोरीहरूको न्यायमा पहुँचको सुनिश्चितताका लागि र विपद् आईपर्दा बालिका तथा किशोरीमाथि हिंसा, दुव्र्यवहार हुन सक्ने भएकाले सुरक्षित आश्रयको व्यवस्था, अनलाईन जोखीम र अन्य अपराधका घटनाको अनुसन्धान र न्यायिक प्रकृयाको लागि छिटो र निष्पक्ष कार्यान्वयन हुने संयन्त्रको व्यवस्था गरियोस् ।
 
१३) विद्यालयमा र घरमा हुने सजाय, यातनाको अन्त्यको लागि विद्यालय र समुदायस्तरसम्म बाल संरक्षणको संयन्त्रको निर्माण, बालविवाह, बाल श्रम र महिनावारी विभेद र विशेष पृष्ठभुमीका बालबालिकाको पहिचान सहितको जन्मदर्ताको लागि प्रदेश सरकारको कार्ययोजना निर्माण गरि कार्यान्वयन गरियोस् ।
 
१४) नेपाल सरकारले ५ वर्षमुनीका २५ जिल्लाका बालबालिकालाई बाल पोषण भत्ता मासिक रुपमा उपलब्ध गराएकोमा सो कार्यक्रम हाम्रो प्रदेश भित्र समेत पहल गरियोस् । 
१५) स्थानिय तह देखि नै नीति निर्माण गर्दा बालबालिकाको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्दै अतिरिक्त क्रियाकलाप, बालक्लव गठन, संचालन सँगै बाल साहित्य प्रवद्र्धन गरियोस् ।
 
१६) हामी किशोरीका लागि नवलपुरका स्थानीय तहहरुसँगकोे समन्वयमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनसँगको साझेदारीमा देवचुली नगरपालिका वडा नं. १० मा बालिका सिकाई तथा स्रोत केन्द्र स्थापना भैराखेको खुसीको कुरा यहाँलाई सुनाँउन चाहन्छौ । सो सिकाई केन्द्रको यहाँले समेत भ्रमण गर्नुभएको स्मरण गराउँदै सो केन्द्रको सञ्चालन र निर्माण सम्पन्न गर्ने कार्यमा समेत प्रदेश सरकारबाट अपेक्षा राख्दछौ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।