
रोहित वस्नेत
बैशाख १ पोखरा : उत्तरी पर्बतको मल्लाज कालान्जर क्षेत्रबाट आएर पोखरामा बसोबास गरिरहेका मल्लाजीहरुको साझा सस्था मल्लाज कालान्जर सेवा समाज पोखराले नयाँ बर्ष २०८२ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम बैशाख १ बिहान न्युरोड पोखरा स्थित मिदोरी एजुकेसन इन्स्टिच्युसनको सभाहलमा सम्पन्न गरेको छ ।
संस्थाका जेष्ठ तथा बिशिस्ट सदस्य प्रेम शर्मा सुवेदी प्रा डा जगन्नाथ रेग्मी र सस्थापक अध्यक्ष नारायण प्रसाद सुबेदीले संयुक्त रुपमा भित्तेपात्रोको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रा डा जगन्नाथ रेग्मी, नारायण प्रसाद सुवेदी, कृष्ण बिश्वकर्मा, उदय प्रसाद सुवेदी र कृष्ण प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
समाजका अध्यक्ष बिबेक पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कौशिला जिसिले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिब डिल्लिराम रेग्मीले गर्नुभएको थियो ।
रोहित वस्नेत
चैत्र ३० पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ । नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान सहित भित्तेपात्रो सार्वजनिक गरेको छ । समाजले बिगत १६, १७ वर्षदेखि नियमित रूपमा अर्घाखाँचीका पर्यटकीय स्थल अंकित स्थानलाई महत्व दिएर भित्तपात्रो प्रकाशित गर्दै आएको छ ।
नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षि अन्बेषणरोग प्रयोगशालाका प्रमुख डा. किरण पाण्डेले बार्षिक रुपमा बिमोचन गरिने भित्तेपात्रो नभएर यो एउटा वार्षिक प्रतिबेदन नै भएको यसले गर्दा पोखरा र अर्घाखाँचीलाई जोड्ने एउटा सेतुको काम गर्ने बताउनु भयो ।
बिशिष्ठ अतिथि पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य टिका राम सुवेदीले अर्घाखाँची घर भई पोखरालाइ कर्मथलोको रुपमा प्रयोग गर्दै आएका अर्घाखाँचीबासिको यो समाजले पोखरामा विभिन्न समाजिक उत्तरदायित्य बहन गर्दै आएको हुँदा यो समाज पोखरामा उत्कृष्ट भएको बताउनु भयो ।
समाजका पूर्व सल्लाहकार राम प्रसाद खनाल, सल्लाहकार कृष्ण प्रसाद पाण्डे, सल्लाहकार गुणानिधि पाण्डे, सल्लाहकार ज्ञानहरि आचार्य तथा समाजका निवर्तमान अध्यक्ष चेतनारायण पाण्डेले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अर्घाखाँची घर भई पोखरामा कर्मचारीका रुपमा आउनुभएका किरण भण्डारीलाई कार्यक्रममा समाजले स्वागत गरेको छ । काठामाडौं बाट पोखरा हुदै अर्घाखाँची फर्किने बेलामा समाजले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दा गर्दै अचानक उपस्थित हुनभएका अर्घाखाँचीका बरिष्ठ पत्रकार सूर्य भुसालले पोखरामा रहेका अर्घाखाँची बासिले आफ्नो जिल्ला प्रति औधि माया देखाउँदै गरेका सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको थियो ।
समाजका बरिष्ठ उपाध्यक्ष राम प्रसाद पौडेलले अतिथि तथा जिल्लाबासिहरुलाइ कार्यक्रममा स्वागत गर्नुभएको थियो । भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक कृष्ण प्रसाद पाण्डे (स्टार) ले सम्पूर्णलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष दधिराम खनालले अर्घाखाँची घर भई पोखरामा वासोबास गर्दै आउनु भएका जिल्लाबासिहरुको सधै पिरमर्का आफ्नो सम्झीदै समाजले गरेका विभिन्न सामाजिक उत्तरदायित्तव बहन गर्ने कार्यक्रममा उत्कृष्ट सहभागी जनाउनु भएका अतिथि तथा समाजमा सम्पूर्ण पदाधिकारी सल्लाहकार लगायत आजिवन सदस्यहरुलाई नयाँ बर्ष २०८२ले शुभअवसरमा सवैको मनोआकांक्षा पुरा होस भनि शुभकामना दिनु भएको छ । अध्यक्ष दधिराम खनालले एक जिल्लावासीको पीडामा अर्कोले साथ दिनु निकै पूण्य मिल्ने कार्य भएको भन्दै अर्घाखाँची बासि पोखरामा कोहि समाजबाट छुट्नु भएको छ भनि समाजमा जोडिन आग्रह समेत गर्नु भएको थियो ।
अर्घाखाँची पोखरा सम्पर्क समाजका सल्लाहकार लिल वहादुर जी.सि.को ममतामयी माता कृष्ण कुमारी जि.सी.को असामयिक निधनको खबरले समाजलाई मर्माहत बनाएको यस दुःखद् घडीमा स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली सहित एक मिनेट मौनधारण गरिएको थियो ।
समाजका महासचिव इन्द्र कुवँरले कार्यक्रम संचालन गर्नुभएको थियो ।
पोखरा ।
प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । शनिबार भएको पहिलो खेलमा शान्ता भलिबलले स्काई ब्लु लामाचौरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाले एलिट भलिबल ‘बी’ लाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।
यसअघि एलिट भलिबल ‘ए’ र पृथ्वीनारायण क्याम्पसले सेमिफाइनलमा स्थान बनाएका थिए । आइतबार महिलातर्फ सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल बिहान ८ बजे एलिट भलिबल ‘ए’ र पिएन क्याम्पसबिच हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल शान्ता भलिबल र बागलुङ नगरपालिकाबिच हुने आयोजकले जनाएको छ ।
पुरुषतर्फ भएको खेलमा पिएन क्याम्पस र गलकोटको टोली विजयी भएका छन् । पिएनको टोलीले पोखरा भलिबल टेनिङ सेन्टर र गलकोटले नेवारी खाजा घर टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आइतबार महिलातर्फका दुई खेलपछि पुरुषतर्फका खेल सुरु हुनेछ । पुरुषतर्फको पहिलो खेल पर्वत र बिजी देउराली युथ क्लब, रुपा गाउँपालिकाबिच हुनेछ । त्यसपछि पकुवा पर्वत र स्याङ्जाबिच हुने आयोजकले जनाएको छ । तेस्रो खेल ब्रदरहुड नवलपुर र लाफा गाईज, चौथो एलिट भलिबल एकेडेमी र साजपानी म्याग्दी तथा पाँचौं गुरुङ गाइज र पिएन क्याम्पसबिच हुने तालिका छ ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
पोखरा ।
पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २६ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेश बाहिरका ७१ विद्याललयका विद्यार्थीहरु फुटसलमा, ४३ विद्यालयका बास्केटबल र ११ विद्यालयका महिला विद्यार्थी बास्केटबल प्रतियोगितामा सहभागी भएका थिए ।
फुटसल तर्फको प्रतियोगितामा एसओएस हर्मन माईनर स्कुल नयाँगाउँ १५ प्रथम भएको छ । उक्त विद्यालयबाट लोकेन्द्र मल्लको नेतृत्वमा टोली सहभागी भएको थियो । सन्तोष श्रेष्ठको व्यवस्थापनमा रहेको विजेता हर्मन माईनरले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।
सेकेण्ड रनर अप प्रगति बोर्डिङ स्कुल बाटुलेचौर भएको छ । बिनम्र थापाको नेतृत्व र दनिस गुरुङको व्यवस्थापनमा रहेको टोलीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।
फस्ट रनर अप अमरसिंह मावि रामघाट १२ भएको छ । कुशल तिवारीको नेतृत्व र विवश गुरुङको व्यवस्थापनमा रहेको टोलीले नगद १० हजार, मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । बास्केटबल पुरुषतर्फ दीपशिखा मा वि मंगला गाउँपालिका म्याग्दी प्रथम भएको छ । सचिन शेरपुर्जाको कप्तानी र डेभिड पुनको नेतृत्वमा रहेको टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।
सेकेण्ड रनर अप हुने मेश्रम बराहा मा वि अन्नपूर्ण गाउँपालिका घान्द्रुकले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फस्ट रनर अप हुने गलेश्वर आदर्श मा वि बेनी नगरपालिका म्याग्दीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । महिला बास्केटबल तर्फ विन्द्धेश्वरी आदर्श बोर्डिङ स्कुल प्रथम भएको छ । टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
सेकेण्ड रनर अप हुने कुमुदिनी होम्स मा विले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फस्ट रनर अप हुने बि.एम्.जि.मा वि.को टोलीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट,एस् ओ एस् का लोकेन्द्र मल्लले नगद २ हजारसहित ट्रफि प्राप्त गरे ।
हाई स्कोररमा अमरसिंहका अनिश परियारले नगद २ हजारसहित ट्रफि प्राप्त गरे। वेष्ट किपर एसओएसका राजिव तिवारीले नगद २ हजारसहित ट्रफि प्राप्त गरे । बास्केलबल केटातर्फ मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट, ईन्द्र पुन भएका छन् । उनले नगद २ हजारसहित ट्रफि प्राप्त गरे । हाई स्कोररमा राजिव बि.क.ले नगद २ हजारसहित ट्रफि प्राप्त गरे ।
महिलातर्फ बास्केटबलमा मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट, विन्द्धेश्वरीकी प्रकृति मगर भईन् । उनले नगद २ हजारसहित ट्रफि प्राप्त गरिन्। हाई स्कोररमा साईना बुद्धाचार्यले नगद २ हजारसहित ट्रफि प्राप्त गरिन् । विजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे फुटसल संघका केन्द्रीय उपाध्यक्ष सन्तोष पराजुली, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा, प्रतियोगिता संयोजक विकास ढुङ्गाना, सञ्चालक मीना पालिखे, सहप्राचार्य मन बहादुर भुजेल, मुकेश कुमार अधिकारी, शिक्षक सजनी माजु, ममता गुरुङ लगायतले सहजिकरण र प्रदान गरेका थिए ।
शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेको समापन समारोहका अध्यक्ष अशोक पालिखेले विजेता टोलीका विद्यार्थीलाई बधाई दिँदै एसइई पछिको अध्ययनका लागि कुमुदिनीलाई छनौट गरे प्रथम हुनेलाई शतप्रतिशत तथा फस्ट र सेकेण्ड रनर अप हुनेलाई आकर्षक छुटको घोषणा गरे । उनले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिईने जानकारी दिए ।
सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले अनलाइनखबरलाई जानकारी दिइन् ।
गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।
उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च पुगेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
रोहित वस्नेत
चैत्र २७ पोखरा : पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम बिराट ज्ञानमहायज्ञ- २०८२ को तयारीले अन्तिम चरणमा पुगेको छ ।
मानवसेवा फाउन्डेसनको आयोजनामा यही बैशाख १७ गते देखि जेष्ठ २६ गते सम्म हुने कोटीहोम महायज्ञ सम्पन्न गर्नको लागि मूल आयोजक समिति समेत गठन भैसकेको छ भने अब विभिन्न उपसमितिहरु गठन गरेर महायज्ञको कामको जिम्मेवारी बाडफाड गरिने महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले बताउनु भएको छ ।
चैत्र २८ गते विश्व कै कान्छी भागवत बाचिका ९ वर्षकि गुल्मेली चेली अनुराधा पाण्डे पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । ९ बर्षको उमेरमा काठमाडौँमा सम्पन्न पशुपति कोटीहोममा भागवत कथा बाचन गरेर चर्चामा आएकी अनुराधाले,देवघाटको मुक्तिनाथ आश्रम र धनगढीमा ठुलो संख्याका भक्तजनसामु भागवतकथा बाचन गरिसकेकी छन। अहिले १० बर्ष उमेर पुगेकी अनुराधाले पोखराको कोटीहोम महायज्ञमा चैत्र २९ गतेबाट भागवत कथा बचन गर्ने मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
कोटीहोम अवधिमा भारतका विश्व प्रशिद्ध गुरु शंकराआचार्य लगायत महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी सँगै साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन हुने कार्यक्रम छ ।
यसैगरी बैशाख ५ गते प्रसिद्ध कथा वाचिका देबी प्रतिभा पोखरा आउने र उनले बैशाख १८ गतेसम्म कथा बाचन गर्ने भएकी छन । महायज्ञमा सहभागी हुन भारतका प्रख्यात र शक्तिशाली धर्म गुरुहरु मध्येका आचार्य महामण्डलेश्वर बैशाख १७ गते पोखरा आएर यज्ञको पुर्बांग गर्ने तयारी भैरहेको समेत महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले बताउनु भएको छ ।
भारतका शक्तिशाली मानिने बाघेश्वर बाबालाई समेत पोखराको कोटीहोम महायज्ञमा सहभागी गराउने बारे आबश्यक पहल भैरहेको बताउनु भएको छ ।
अन्य धेरै धार्मिक व्यक्तित्वहरुलाई पोखराको कोटीहोममा सहभागी गराउन आफ्नो तर्फबाट प्रयास भैरहेको जानकारी दिनुभयो बिजय कृष्णमुर्तीका अनुसार सबैजसो धर्मगुरुहरु पोखराको कोटीहोममा सहभागी बन्ने बाताबरण तयार भयो भने पोखरामा लाखौ पर्यटकहरु भित्रिने निश्चित छ। तर भारतका बाघेश्वर बाबा जस्ता प्रभावशाली धर्मगुरुहरुलाई पोखरा ल्याउन करोडौं रुपैया खर्च हुने भएकोले त्यसका लागि आबश्यक तयारी र गृहकार्य भैरहेको संकल्पकर्ता बिजय कृष्णमुर्ती बताउनु भएको छ ।
महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीका अनुसार पोखराको महायज्ञप्रति नकारात्मक प्रचार गर्नेहरुलाई समेत पुण्य मिल्ने बताउनुभएको छ । किन कि उहाँहरुले महायज्ञको नकारात्मक तरीकाले भए पनि प्रचार प्रसार बढी गर्नुभएको छ, यत्तिको प्रचार गर्दा लाखौँ, करोडौं खर्च गरेर पनि पाउनसक्ने अबस्था नभएको उहाँहरु सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।
अहिले महायज्ञको शुभकामना शन्देश दिनेहरुको बिरौटामा लर्को लागेको छ । मानव सेवा फाउन्डेसन नेपाल समेतका संस्थाहरुले बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने महायज्ञको प्रचार प्रसार लगायतका अन्य काम भने चैत्र १७ गतेबाट नै शुरु गरिएको छ । आयोजकहरुले पोखरामा हुन लागेको कोटीहोम महायज्ञलाई ‘एक युगमा एक पटक, इतिहासमा पहिलो पटक’ आयोजना गरिएको भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको छन ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ गत साउनमा काठमाण्डौको पशुपति क्षेत्रमा कोटीहोम महायज्ञ आयोजना गरिएको तथा छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ । अभिभावकवीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास, वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ । आश्रममा देशका विभिन्न स्थानका अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आइरहेका छन् भने बेसाहरा, पीडित, दुखी, गरिब र आधारभूत अवश्यकताबाट बन्चित बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन् ।
पोखरा ।
तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवलमा साविकको बिजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा शुरुवात गरेको छ । सोमबार देखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले लेकसाईड भेट्रान्सलाई ४–० गोलले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो ।
प्रतियोगितामा ढोलाहिटीको तर्फबाट कृष्ण मालाकारले ४ गोल गरेका थिएभने प्रतियोगितामा प्लेयर अफ द म्याच समेत मालाकार नै घोषित भए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बरावरीमा खेल सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गर्यो । उक्त खेलमा प्लेयर अफ दी म्याचको उपाधि एक्स वरियरका राम लक्ष्मण भुजेलले हात पारे ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो क्लब अमरसिंह व्वाइज क्लबले भेट्रान फुटवल प्रतियोगिताको आयोजना गरी प्रौढ उमेरमा समेत युवाहरुको जस्तै जोश जाँगर निकाल्नका लागि प्रत्यत्न गरेकोमा आयोजकलाइ धन्यवाद ब्यक्त गरे । महानगरले पोखरा भ्रमण वर्ष घोषणा गरेर अगाडी वढिरहदा पोखरामा दिनहुँजसो आयोजना हुने विविध कार्यक्रमले पोखरामा पर्यटन भित्रयाउन सफल भएको बताउदै एबिसी क्लबले समेत आयोजना गरेको खेलकुद प्रतियोगितामा नेपाल भरका १० टीमको सहभागीता भइरहदा आन्तरिक पर्यटनमा थप टेवा पुगेको बताए ।
१० टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछनभने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।प्रतियोगितामा मंगलबार ४ खेल हुनेछन । मंगलबार पहिलो खेल एक्स वरियर र हेटौडा भेट्रान्स, दोश्रो खेल चितवन भेट्रान्स र संगम भेट्रान्स, तेश्रो खेल ढोलाहिटी भेट्रान्स र एसएनकेसी भेट्रान्स र चौथो तथा अन्तिम खेल कालिका स्पोर्टिङ क्लव रुपन्देही ११ र बगर भाइखलकबीच हुनेछ ।
पोखरा ।
पोखरामा अन्तर बिद्यालय स्तरीय व्याण्डमिन्टन प्रतियोगिता हुनेभएको छ । बिल्स फाउण्डेसनको आयोजनामा यही २७ चैतदेखि प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता गर्न लागिएको आयोजक फाउन्डेसनका सचिव बरदान लामाले जानकारी दिए ।
प्रतियोगिताले व्याडमिन्टन खेलको तल्लोतह (ग्रासरुट) बाटै विकास गराउदै पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने अभियानमा थप टेवा पुग्ने विश्वासका साथ यस बर्षदेखि कास्की जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगितामा १६ बर्ष मुनिका खेलाडीहरु सहभागी (यू–१६) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेतालाई २० हजार, उपविजेतालाई १० हजार र तेश्रो हुने दुई जनालाई जनही ५÷५ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।
त्यसै गरी १९ बर्ष मुनिका खेलाडीहरु सहभागी (यू–१९) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेताले ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने दुई जनालाई जनही १०÷१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बी लेवलको गण्डकी खुल्ला डवल तर्फको इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले जनही १०÷१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
३० चैतसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने फिड नेपाल स्पोट्स प्लेक्सका अध्यक्ष तुलसी गुरूङले जानकारी दिए । उनका अनुसार फिड नेपालले विगत ४ बर्ष देखि खेलाडी उत्पादनमा जोड दिदै आउने क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी निभा राई, दिलाषा राना लगायतका खेलाडी उत्पादन गर्न सफल भएको हो ।
बौद्ध अघौं सदनका परिकल्पनाकार, संस्थापक सचिव एवं पूर्व अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका पूर्व अध्यक्ष, धम्भ पोखरा विपासना शिविरका संस्थापक अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व संचालक, हिमालयन पेट्रोलपम्पका संस्थापक सचिव, शान्ति संगम आयल स्टोर्स मुग्लिङका संचालक, गण्डकी धौलागिरी क्षेत्र मा २०२९ सालमा पहिलो पेट्रोलपम्प हिमालय पेट्रोलियम क.प्रालि स्थापन गरेसंगै बभिन्न संघ संस्थामा आबद्ध पोखरा क्षेत्रका एक समाजसेवी बिल बहादुर गुरुङको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा बुद्धचोक निबासी ९१ बर्षीय गुरुङको काठमाडौं उपचारकै क्रममा गत बर्ष निधन भएको थियो ।
रोहित वस्नेत
चैत्र २४ पोखरा : यही बैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरामा आयोजना गर्ने कोटीहोमको तयारी तीब्ररुपमा अगाडी बढेको छ ।
पोखरा–१७ स्थित बिरौटामा आयोजना हुने महायज्ञलाई सफल पार्न मानवसेवा फाउण्डेशनले आज संकल्प सभा सम्पन्न गरेको छ ।
आयोजकले कोटीहोम सफल बनाउनको लागी ८ समिति समेत गठन गरेको छ । गठित समितिमा मार्गनिर्देशन मण्डल, प्रमुख संरक्षक समिति, वरिष्ठ संरक्षक समिति, वरिष्ठ सल्लाहकार समिति, सल्लाहकार समिति, मूल आयोजक समिति र कानूनी सल्लाहकार समित रहेका छन् ।
यसैगरि संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले ५ हजार १०१ महायज्ञ मूल आयोजक समिति गठन गर्नुभएको छ । समितिमा संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य र सदस्यहरु समावेश रहेका छन् ।

४१ दिनसम्म निरन्तर हवन हुने कोटीहोममा भक्तजनलाई घ्यु, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ ।
कोटीहोमस्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण गर्ने पहिला भूमिपुजन गरेको बाराहीघाटमा क्षमापुजा गर्ने आयोजकले जनाएको छ । कोटीहोममा कान्छी बाचिका नेपाली चेली अनुराधा पाण्डेय, देवि प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन आयोजकले जनाएको छ ।
संकल्प सभामा कोटीहोमलाई विभिन्न धार्मिक ब्यक्तिले सहयोग राशीको घोषणा गरेका थिए सहयोगीहरुलाई सम्मान गर्दै आयोजकले उनीहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।
बालयोगेश्वर विजयकृष्णमुर्तिले कोटीहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण एवं शान्ति तथा समृद्धि रहेको बताउँदै गण्डकी प्रदेशलाई विश्व सामु चिनाउने बताउनु भएको छ ।
पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को आन्तरिक तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिंदै महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले संकल्प सभा आइतबार सम्पन्न हुने वताउनु भएको छ ।




