
बैशाख १० पोखरा : पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते विहान ७ बजे साइकल र्याली गर्ने भएको छ ।
बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल र्याली ड्यामसाईड—लेकसाइड हुँदै हल्लनचोक—जिरोकिलोमिटर—मालेपाटन—बाग्लुङ्ग बस पार्क हुँदै बिन्दवासिनी मन्दिर—भैरवटोल—नालामुख—तेश्रापट्टी हुँदै महेन्दपुल—चिप्लेढुङ्गा हुदै न्यूरोड—सभागृहचोक हुँदै पृथ्वीचोक—नागढुङ्गा—पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल विरौटामा गइ समापन हुने मानवसेवा फाउण्डेशनले जनाएको छ ।
स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले बताउनु भएको छ ।
उहाँले सम्पूर्ण पोखरेली बासीहरुलाई उक्त साइकल र्यालीमा सहाभागीताको लागी हार्दिक निमन्त्रणा गर्दै अनुरोध समेत गर्नुभएको छ ।
मानसेवा फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा समेत गर्ने भएको छ 
रोहित वस्नेत
बैशाख ९ पोखरा : पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा अन्तराष्ट्रिय भागवत वाचिका देवी प्रतिभाजीले काटीहोमले मानिसलाई शिक्षा र संस्कार दिने गरेको बताउनु भएको छ । महायज्ञ अन्तर्गत अन्तराष्ट्रिय भागवत कथा बाचक देबी प्रतिभा जीले अपरान्ह १ बजेबाट कोटिहोम स्थलको मुख्य प्रवचन कक्षमा कथा बाचन गरिरहनुभएको छ । महायज्ञ अन्तर्गत अन्तराष्ट्रिय भागवत कथा बाचक देबी प्रतिभा जीले अपरान्ह १ बजेबाट कोटिहोम स्थलको मुख्य प्रवचन कक्षमा कथा बाचन गरिरहनुभएको छ । उहाँको कथा वाचक आज चौथो दिन पनि प्रवचन सुन्न आउने भक्तजनहरुको संख्या हिजो भन्दा आज बढ्दै गएको देखिन्छ ।
हिजो महायज्ञको बारेमा टिकाटीप्पणी र नकारात्मक कुरा गर्नेहरु समेत महायज्ञ स्थल पुगेर आँखाको ताल लगाएर कथा सुन्दै गरेको देख्दा कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने गरेको देखिन्छ ।
हिजो गुप्तेश्वर गुफाको दर्शन तथा आज विहान सराङ्गकोट स्थित पञ्चेमुखे गणेश भगवानको दर्शन पछी पोखराको पर्यटकीय स्थलले आफु सधै पोखरामा नै बसौ बसौ भएको कथा वाचनको क्रममा हाल सम्म यति सुन्दर दिव्य ठाउँ नभेटीएकोले एक पटक सम्पूर्णलाई पोखराको भ्रमण गर्न अनुरोध समेत गर्नु भएको छ ।
इतिहासमा एक पटक पोखरामा एक पटक भन्ने गण्डकी कोटीहोमको मुलनाराले यतिबेला विश्वका धार्मिक पर्यटकहरुको मन पोखरामा जाउँ जाउँ भएको देवी प्रतिभा जीको फेसबुक लाइभका केहि कमेण्टहरुमा देख्न पाइन्छ ।

यति बेला पोखरा लेकसाइडमा भएका केही होटलहरुमा पाहुनाको संख्या घट्दो भए पनि पोखराको पुरनो पर्यटकीय क्षेत्र ड्यामसाईडमा रहेका होटलहरु भरिभराउ देखिन्छ । ड्यामसाईडका पर्यटन व्यवसायीहरुले हर्षित हुँदै १२ बर्षमा खोलो पनि फर्किन्छ भन्ने आहन आज प्रमाणीत भएको बताएका छन् । होटल छोड्ने अवस्थामा पुगेका होटल संचालकले आफु अव ६ महिना ढुक्क भएको बताएका छन् ।
पर्यटन क्षेत्र चलाएमान बनाउन कोटीहोम लेकसाईडमा अति आवश्यक थियो तर लेकसाईडका पर्यटन व्यसायीहरुको केही अवसर गुमेको गत सिजनको अनुपातमा यो बर्ष होटलको अकुपेन्सी नगन्य रुपमा भएको, कर्मचारीको तलव र विजुलीको विल समेत समयमा भुक्तान गर्न नसकेको अवस्था छ यस्तो अवस्थामा कोटीहोम महायज्ञले आन्तरीक पर्यटक तथा भारती पर्यटक आउने महायज्ञले अन्तराष्ट्रिय जगतमा समेत पोखराको पर्यटनलाई विश्वसामु चिनाउन मुख्य भूमिका खेल्छ यस्तो धार्मिक पर्यटन भित्राउने कार्यक्रमलाई प्रदेश तथा स्थानिय सरकारलाई सहयोग गर्न पर्यटन व्यावसायीहरुले अनुरोध समेत गरेका छन् । व्यसायीहरुले भारतको कुम्भ मेलालाई उदाहरण दीदै कुम्भ मेलाले भारतको सम्रर्ग अर्थतन्त्र जिडिपीमा १ प्रतिशत योगदान पुगेको देखिन्छ तसर्थ यस्ता कार्यक्रमहरुले नेपालको अर्थतन्त्रलाई उकास्न ठुलो सहयोग मिल्ने हुनाले सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई कोटीहोम संचालनमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
गण्डकी कोटीहोमले पोखरा भ्रमण बर्ष २०२५ लाई समेत सफल पार्न ठुलो सहयोग गर्ने देखिन्छ ।
खुला नृत्यतर्फ कोल्माकी अनुस्का च्याम्पियन
स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम
पोखरा ।
पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले मंगलबार प्रवर्चन एवं सम्मान कार्यक्रम गर्ने भएको छ । नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा बिहान ११ः३० बजेपछि प्रवर्चन र सम्मान कार्यक्रम हुने पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवर्चन कार्यक्रम, तीन जना कम्युनिष्ट योद्धालाई सम्मान र नवनिर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई बधाई एवं सम्मान समारोह गरिने उनले बताए ।
कास्कीका तीन संघीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी एक÷एक जनालाई सम्मान गरिनेछ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट रुपा गाउँपालिका–७ का पुष्पकमल सुवेदी, क्षेत्र नम्बर २ बाट पोखरा–११ का डा. टुबराज बाँस्तोला र क्षेत्र नम्बर ३ बाट पोखरा–१९ का मिनराज पौडेललाई सम्मान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
पोखरा ।
नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले गर्ने भएको हो ।
सोमबार प्रतिष्ठानका तर्फबाट नवीन पुन र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल समाज सेवाको क्रियाकलापमा अग्रपंक्तिमा रहेको छ भने यसका संरक्षक पूर्वमन्त्री उत्तम पुन हुन् ।
अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयर र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रयोजन सिटिजन फर्निचरले गर्ने सम्झौता भइसकेको छ । त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्कीले ११ हजार १ सय ११ रुपैयाँ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले १ सय थान टिसर्ट सहयोग गर्ने सम्झौता भइसकेको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।
पोखरा ।
पर्यटकीय राजधानी पोखरामा जारी रहेको गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झांकी प्रदर्शनी गरिने भएको छ ।
पोखरा १७ बिरौटामा जारी कोटीहोममा गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक संस्कृति झल्किने सांस्कृतीक झाँकी प्रदर्शनी गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जनाएको छ ।
झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूहलाई नगद सहित सम्मान पनि गरिने छ । जस अन्तर्गत प्रथम हुने समूहलाई नगद ३१ हजार १ सय ३१ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने भएको छ ।
दोस्रो हुने समूहलाई नगद २५ हजार ५ सय २५, तेस्रो हुने समूहलाई नगद २१ हजार १ सय २१ र शान्तवना स्थान हाँसिल गर्ने समूहलाई नगद १५ हजार ५ सय १५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै कास्की जिल्लाभन्दा बाहिरबाट सहभागी हुने साँस्कृतीक समूहलाई यातायात खर्चको व्यबस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने झाँकी समूहले ९८५६०३२४७३, ९७६३२५२१२१ र ९७०५२५२१२५ मा सम्पर्क गर्न सक्नेछन ।
त्यस्तै गण्डकी कोटिहोम महायज्ञमा राष्ट्रिय भजन प्रतियोगीता, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता पनि आयोजना हुने आयोजकले जनाएको छ ।
पोखरा ।
सामाजिक काममा अग्रणी युनाईटेड क्लब पोखराकोे १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद , पर्यटन प्रवद्र्धन संगै सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आएको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको हो ।
वार्षिकोत्सवको अवसर पारी नयाँ वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते पोखरा बृद्धाश्रममा खाद्यान्न सामाग्री वितरण गरेको थियोभने वैशाख ५ गते क्लब परिसरमा बृहत रक्तदानको आयोजना गरेको थियो । आइतबार गरिएको १५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रशंसा गरे । युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ स्थापित युनाईटेड क्लबले आफ्नो स्लोगन अनुसारको काम गरको र अन्य सामाजिक संस्थाले युनाईटेडको अनुशरण गरेमा सामाजिक कामबाट राष्ट्रलाई सहयोग पुग्ने बताए ।
भर्खरै सम्पन्न १३ औं संस्करणको पोखरा महोत्सवलाई आफुले नजिकबाट नियाल्न पाएको बताउदै लम्सालले आफु पोखरा बाहिर रहेतापनि युनाईटेड क्लबको पोखरा महोत्सव र महोत्सवबाट हुने आम्दानीले गर्ने सामाजिक कामलाई हेर्ने र जहाँ रहेतापनि युनाईटेड क्लबको अनुसरण गर्न अन्य संघ संस्थालाई अभिप्ररित गराउने समेत प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब १५ औं वर्ष सम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन त्यसमा पनि पोखरामा खुल्ला चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको र आगामी दिनमा आफ्नै छात्राबास निर्माण गरी शिक्षा क्षेत्रमा बृहत रुपमा काम गर्ने बताए । शिक्षामा काम गरिरहदा अन्य क्षेत्रमा समेत क्लबले काम गर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै युनाईटेड क्लबका पूर्व अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लबले १५ वर्ष सम्म गरेको कामबाट धेरै भन्दा धेरै मानिसहरु लाभान्वित भइसकेको बताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा वोल्दै १३ औं पोखरा महोत्सवका प्रायोजक स्टरसिड टेक्नोलोजिका चन्द्र बहादुर थापाले युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गर्नकै लागि आफ्नो संस्थाले सहकार्य गरेको बताउदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।
आजीवन सदस्यको तर्फबाट बोल्दै दीपक कार्कीले युनाईटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरी सामाजिक कामबाट आफुहरु प्रभावित बनेर क्लबको आजीवन सदस्य लिन आफुतयार रहेको बताउदै युनाईटेड क्लबले आयोजना गर्ने विभिन्न सामाजिक गतिविधीमा संलग्न हुने प्रतिवद्धता ब्यक्त गरे ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले वार्षिकोत्सवको अवसर पारी आगामी जेष्ठ महिनामा दुरदराजमा रहेको ग्रामीण भेगमा बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । क्लबका महासचिव दिनेस सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।
रोहित वस्नेत
बैशाख ५ पोखरा : मानवसेवा फाउण्डेशनद्वारा पोखराको बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा शुक्रबार चर्चित कथा वाचक, बाचिकाहरु एउटै मञ्चमा भेला भएका भएका छन् ।
अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा जी, प्रसिद्ध कथा प्रवक्ता शितल कृष्ण महाराज जी, नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय जी, प्रख्यात वक्ता अमृत शरण देवाचार्य जी, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी जी एउटै मञ्चमा भेला भएका हुन ।
फाउण्डेशनले आयोजना गरेको उक्त कोटीहोम श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको थियो ।
कोटीहोममा कथा वाचनकालागि आज देवि प्रतिभा भारतबाट आफ्नै अंगरक्षक र वाद्यवादनको टोलीसहित पोखरा आइपुग्नुभएको छ । उहाँलाई पोखरामा स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।
ठुलो सुरक्षा सहित पोखरा आएकी प्रतिभाले २ साता कथावाचन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच कथावाचक अनुराधालाई आजै बिदाई गरिएको छ । अनुराधाले गत बिहीबारदेखि महायज्ञस्थलमा श्रीमद्भागवत कथा प्रवचन गर्नु भएको थियो । उहाँको कथा सुनेर पोख्रेलीहरु दङ्ग परेको थिए ।
भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराजले बैशाख ४, ५ र ६ गते कथा बाचन गर्नुहुनेछ र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरी जी पनि कोटीहोमा लगातार कथा बाचन गर्ने कार्यक्रम रहेको छ ।
रोहित वस्नेत : बैशाख ३ पोखरा :
पोखरा महानगरपालिकाको बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन सम्पन्न भएको छ ।
यस अघि मानवसेवा फाउण्डेशनले केहि समय पहिला बाराहीघाट नजिकको जग्गामा कोटीहोम महायज्ञ संचालन गर्न भुमीपुजन गरेको थियो । भुमीपुजन भैसकेको फेवाकिनारको जग्गामा कोटीहोम संचालन गर्न पोखरा महानगरले बिभिन्न कारण देखाउदै अनुमति नदीएपछी कोटीहोम आयोजकले स्थान परिबर्तन गरी पोखराको बिरौटामा कोटीहोम संचालन गरिसकेका छन् ।
बुधवार कोटीहोम आयोजकले एकै दिन लेकसाईडमा क्षमा पुजा, कोटीहोम स्थल विरौटामा भूमीपुजा तथा यज्ञ कुण्ड खन्ने काम सम्पन्न गरेको कोटीहोमका संकल्पकर्ता बाल योगेश्वर बिजय कृष्णमुर्ती महाराजले जानकारी दिनुभएको छ ।
भूमी पुजा कार्यक्रममा वडा नंं १७ का वडा अध्यक्ष राधिका शाहीले कोटीहोम सफलताको लागी सम्पूर्ण वडावासि सकारात्मक तरिकाले अगाडी बढीरहेको बताउनुभएको छ । वडा अध्यक्ष शाहिले कोटीहोम विभिन्न कारणबाट वडा नंं १७ मा सञ्चालन हुन पुगेकोमा हामी अत्यन्तै खुशी छौं । यसलाई सफल पार्नको लागि हामी सवै पक्षबाट सकारात्मक भएर लागिरहेका छौ ,पोखरामा कोटिहोम महायज्ञले समाजमा भएका विकृती र विसंगतीहरुलाई अन्त्य गर्दै कोशेढुङ्गा साबित भएको समेत बताउनु भएको छ ।
अहिले कोटिहोम महायज्ञमा नेपालकै कान्छी बाचिका अनुराधा पाण्डेले कथा प्रवचन गरिररहनु भएको छ । यही बैशाख ५ गते देखि भारतकी प्रख्यात बाचिका नेपाली चेली देवी प्रतिभा गण्डकी कोटीहोममा प्रवचनको लागी आउने कार्यक्रम तय भएको छ । कान्छी बाचिका अनुराधा पाण्डेले कथा प्रवचन गर्दा गण्डकी प्रदेशका धेरै जिल्लाबाट आएका भत्तजनहरुको घुईचो लागेको छ यस गर्दा गण्डकी कोटीहोम पर्यटन प्रबर्द्धनमा कोशेढुङ्गा साबित हुने देखिएको छ ।
बैशाख २ पोखरा : मानवसेवा फाउन्डेसनको आयोजनामा यही बैशाख १७ गते देखि जेष्ठ २६ गते सम्म हुने कोटीहोम महायज्ञ सम्पन्न गर्नको लागि प्रचार प्रसारको काम तिब्र रुप अगाडी बढेको छ ।
चैत्र १७ गते देखि कोटिहोम महायज्ञ स्थल बिरौटामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन पनि भइरहेको छ । चैत्र २९ गते देखि विश्व कै कान्छी भागवत बाचिका गुल्मेली चेली अनुराधा पाण्डेले महायज्ञस्थलमा संगीतमय रुपमा भागवत कथा प्रवचन गरिरहनु भएको छ भने उहाँको कथा सुन्न पोखरा लगायत गण्डकी प्रदेशका धेरै जिल्लाहरुबाट भत्तजनहरुको घुईचो लागीरहेको छ । ९ बर्षको उमेरमा काठमाडौँमा सम्पन्न पशुपति कोटीहोममा भागवत कथा बाचन गरेर चर्चामा आएकी अनुराधाले,देवघाटको मुक्तिनाथ आश्रम र धनगढीमा ठुलो संख्याका भक्तजनसामु भागवतकथा बाचन गरि सक्नु भएको छ ।
यही बैशाख ३ गते पोखराको लेकसाइड स्थित बाराहीघाट नजिकको जग्गामा क्षमा पुजा गरि पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको पुजा गर्ने कार्यक्रम तय भएको छ । मानवसेवा फाउण्डेशनले केहि समय पहिला बाराहीघाट नजिकको जग्गामा कोटीहोम महायज्ञ संचालन गर्न भुमीपुजन गरेको थियो ।
भूमिपुजन गर्ने बेला पोखरा महानगरपालिकाका नगर प्रहरी सहित केहि जनप्रतिनिधिहरुको टोलीले भूमीपुजन रोक्न खोज्दा दुइ पक्ष विच झडप हुँदा रणभुमिमा परिणत भएको थियो । भुमीपुजन भैसकेको लेकसाइडको जग्गामा कोटीहोम संचालन गर्न पोखरा महानगरले नदीएपछी कोटीहोम आयोजकहरुले स्थान परिबर्तन गरेर पोखराको बिरौटामा कोटीहोम संचालन गरिसकेका छन् । बैशाख ३ गते बिहान लेकसाईडमा क्षमा पूजन पश्चात सोहिदिन कोटीहोम स्थल विरौटामा भूमीपूजन गर्ने कार्यक्रम तय भएको कोटीहोमका संकल्पकर्ता बाल योगेश्वर बिजय कृष्णमुर्ती महाराजले जानकारी दिनुभएको छ ।
बैशाख ४ गते बेलुका करिव ५ बजे आसपास देबी प्रतिभा जी पोखरा आउने कार्यक्रम तय भएको उहाँले बैशाख १ गते बेलुका फेसबुक लाइभवाट नयाँ बर्ष २०८२को शुभकामना सन्देश सँगै आफु यही बैशाख ४ गते पोखरा आइपुग्ने बताउनु भएको थियो । बैशाख ५ गते देखि लगातार गण्डकी कोटीहोममा सम्पूर्ण भक्तजनहरुलाई निमन्त्रणा समेत गर्नु भएको छ ।
यसै गरि आचार्य गुरु सितल कृष्ण महाराज पनि गण्डकी कोटीहोममा सहभागी हुने फेसबुकलाइभ वाट जनाकारी दिनु भएको छ ।




