
पोखरा ।
पोखरा–८, नागढुङ्गास्थित नागमन्दिर संरक्षण समितिले हालै सम्पन्न गरेको नाग मन्दिर मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ । समितिले उक्त कार्यको समिक्षाका लागि आयोजना गरेको समिक्षा बैठक समारोहमा ति सहयोगीहरु सम्मानित भएका हुन् । सम्मानित व्यक्तिहरुलाई समुहका अध्यक्ष कमला श्रेष्ठले खादा माला अबिरले सम्मान गर्नुभयो ।
सोही समारोहमा समितिलाई पोखरा–८ एयरपोर्ट निवासी रुपा बराल र देवी पोखरेलले ६÷६ थान प्लाष्टिक कुर्सी सहयोग प्रदान गर्नुभयो । समारोहमा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष संगिता तिमिल्सीना, निवर्तमान अध्यक्ष श्याम श्रेष्ठ, नागढुङ्गा आमा समुहका अध्यक्ष कमला केसी लगायतले नाग मन्दिर संरक्षण समितिले समुह गठनको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेकोमा प्रशंसा गर्नुभयो ।
संरक्षण समितिले मन्दिर संरक्षणका लागि पोखरा महानगरपालिका वडा नम्बर ८ को २ लाख तथा समितिकै १ लाख १३ हजार रुपैयाँ सहित ३ लाख १३ हजार खर्चमा बार लगाउने, ढुङ्गा विच्छाउने, रंगरोगन तथा शिला खेल तयार गरेको थियो । समितिका सचिव सिमा लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
पोखरा ।
पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो ५ औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । उत्कृष्ट ५ मनोनयनमा परेका विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, सागर गिरीलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका हुन् ।
उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल थिए । उनिहरुको नजरमा प्रेमको फोटो परेको हो ।अवार्ड प्राप्त गरिसके पछि प्रेम खुशी देखिन्छन । मिहिनेतको प्रतिफल मिलेको अभिव्यक्ती उनको छ । आगामी समयमा समेत फोटो पत्रकारितालाई निरन्तरता दिंदै जाने प्रतिबद्धता उनले गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पत्रकारिता मात्र नभई फोटो पत्रकारिताले पनि उल्लेखनीय योगदान पु¥याएको स्पष्ट पारे।
कार्यक्रमका विशिष्ट अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य गरेको प्रशंसा गरे। उनले शब्दलाई बंग्याएर राख्न सकिएला तर फोटो पत्रकारिताले निष्पक्षतापूर्वक दुष्प्रचारलाई खण्डन गर्ने क्षमता राख्ने बताए । प्रेम यसअघि ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रादेशिक ललितकला प्रदर्शनी २०८० बाट सम्मानित भएका थिए । थापा यसअघि पनि एनएफपीजेले नै आयोजना गरेको फोटो पत्रकारिता अवार्डबाट सम्मानित भइसकेका छन् ।
पोखरा ।
नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।
एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सह सचिवमा डा. अशेष राज विक र कोषाध्यक्षमा डा. सन्तोष बास्तोला निर्वाचित भए । त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा. प्रियंका भण्डारी, डा. समिक्षा फुँयाल, डा. आशिष बसौला, डा. विश्व गैरे, डा. शुवाष बेलवासे र डा. सुजन थापा मगर निर्वाचित भएका छन ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले भेटेरिनरी डाक्टरहरुले पशुपालक कृषकलाई सघाउने गरी काम गर्न आग्रह गरे ।
भेटेरिनरी एशोसिएसनमा आवद्ध डाक्टरहरुले पशुपालक कृषक र कृषिमा लागेकाहरुलाई सघाउ पुग्ने गरी काम गरेको खण्डमा कृषकहरुले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने र राष्ट्रलाईनै फाइदा पुग्ने बताए । कृषि क्षेत्रमा सरकारले लगानी गरेको भएतापनि त्यसबाट फाइदा हुन नसकेको बताउदै तीन तहमा कार्यरत भेटेरिनरी डाक्टरहरुले एकजुट भएर सरकारको लगानीलाई प्रतिफल दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रिय अध्यक्ष रामकृष्ण खतिवडाले भेटेरिनरी डाक्टरहरु एकजुट भएर आफ्नो अधिकारका लागि जुट्नुपर्ने वेला आएको बताए । खतिवडाले अहिले पनि भेटेरिनरी डाक्टरहरुलाई सरकारले अन्य निजामति कर्मचारी सरह सेवा सुविधाहरु प्रदान गर्न नचाहेको बताउदै त्यसका लागि अन्य चिकित्सकहरुले जस्तै आन्दोलन गर्न समेत आफुहरु तयार रहनुपर्ने बताए ।
नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीका अध्यक्ष डा. राजेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि सूचना तथा प्रशारण केन्द्र हरिहर भवन ललितपुरका प्रमुख डा.रामनन्दन तिवारी, राष्ट्रिय पशुप्रजनन कार्यालय पोखराका प्रमुख एवं नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डा. जगदीश पाण्डेय, पशुपन्क्षी तथा मत्स्य बिकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराई, नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डा. मनोज कुमार शाह, नेपाल भेटेरिनरी एशोसिएसनका निवर्तमान केन्द्रिय अध्यक्ष डा. शितलकाजी श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन डा. अविनाश भट्टराइले गरेका थिए ।
मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि जेठ २६ गतेसम्म सम्म चल्ने गण्डकी कोटीहोममा महायज्ञ प्रचार प्रसारकाको लागी बैशाख १६ गते विहान ७ बजे बिशाल कलशयात्रा हुनेभएको छ । ।
शोभा कलश यात्रा सोमबार साँझ ११ हजार कलश सजाइने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल शोभा कलश यात्रा गरिने लागेको कोटिहोम महायज्ञका संकल्पकर्ता विजय श्रीकृष्ण मूर्तीले जानकारी दिए।
शोभा कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त शोभा कलश यात्रामा गंगाको जलसँगै ११ हजार कलश रहने छन् ।
शोभा कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। शोभा कलश यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश १ हजार ३ र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मुल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।
शोभा कलश यात्रालाई सफल बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले जानकारी दिइन् ।
रौतहट ।
टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक जना बालकको गोली हानी हत्या गरेको पाइएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पु¥याई हत्या गरेको पाइएको हो ।
६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।
दिउँसो ४ बजे घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका–८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए ।
रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिन्छ ।
‘केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको रहेछ । तर कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका रहेछन्,’ प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’
सोही पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको घिमिरेले बताए । उनले भने, ‘हत्यापश्चात् दुवैजनाले मृतकको मोटरसाइकल प्रयोग गर्दै दुर्गाभगवती गाउँपालिका–५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको छ ।’
उनीहरूले मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको र एक दिनपछि पुनः उक्त मोटरसाइकल गौर नगरपालिका–४ का विकास पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको घिमिरेले बताए ।
मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरूले गौरमा रहेको एक ग्यारेजमा पु¥याएका थिए । ‘हामीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्यागजिन र गोली पनि बरामद गरेका छौं,’ घिमिरले भने ।
घिमिरेका अनुसार मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए ।
पोखरा ।
प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप खेल्न इरानी टोली पोखरा आइपुगेको छ । बैशाख १८ गतेदेखि पोखरामा हुने च्याम्पियनसिपका लागि इरानीको इरान भलिबल क्लब आइतबार पोखरा आइपुगेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
इरानी टोलीमा राष्ट्रिय स्तरमै खेलेका खेलाडीहरु समावेश रहेको अर्यालले बताए । प्रतियोगितामा इरानी र भारतीय टोलीसहित ६ टोलीले सहभागिता जनाउने छन् । भारतको टोलीको बैशाख १६ गते पोखरा आइपुग्ने डिस्ट्रिक्ट गभर्नर अर्यालले बताए ।
नेपालका ३ विभागीय र गण्डकी प्रदेशले प्रतियोगितामा सहभागिता जनाउनेछन् । पोखरामा पहिलोपटक इन्डोरमा भलिबल हुन लागेको हो । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ । लिगपछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । उपविजेता टोलीलाई २ लाख ४४ हजार ४ सय ४४ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ८ हजार ४ सय ४४ पाउनेछन् ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ । लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।
बैशाख १४ पोखरा : गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पोखरा बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रमुख आतिथ्यता ग्रहण गर्दै धर्मले विवाद गराउँदैन, सबै दानीको सम्मान हुन्छ त्यस कारण कुनै पनि धर्ममा विवाद सृजना नगर्दा राम्रो हुने बताएका छन् ।
पोखराको बिकासको लागी गण्डकी कोटीहोमले ठुलो भूमिका खेल्ने बताउँदै कोटीहोममा सम्पूर्ण गण्डकी वासी एक पटक अपस्थित भै सके सहयोग नभए अवलोकन मात्रै गरेर प्रसाद ग्रहण मात्रै गरे पनि हुने बताएका छन् ।
बैशाख १४ पोखरा : अन्तर्राष्ट्रिय प्रसिद्ध श्रीमद्भागवत वाचिका देवी प्रतिभा आमा औसीका दिन बुद्धाश्रम पुग्नु भएको छ । पोखराको महतगौडामा अवस्थित बुद्धाश्रमको अवलोकन पश्चात उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न लगायत आवश्यक सामग्री वितरण भएको छ । उहाँले आश्रमा रहेका बृद्धाहरुको स्वास्थ्य बारे चासो समेत राख्नु भएको छ ।
बुद्धाश्रम अवलोकनका क्रममा उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र हेरचाहको महत्त्वमाथि जोड दिँदै गर्दा आश्रमका सञ्चालक तथा स्थानीय समुदायले उहाँको सहयोग र सक्रियताको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई मानसिक र भावनात्मक हौसला प्रदान गर्ने देखिन्छ ।
स्याङ्गजा घर बताउने आफन्त भएर पनि आश्रय लिनु पर्ने बाध्यता भएकी एक आमा भन्नुहुन्छ पोखरा बृद्धाआश्रमको आश्रय लिदै गर्दा आज देवी प्रतिभाको दर्शन र मायाले २ बर्ष बढी बाच्ने साहस प्रदान भएको छ । हर्षिद हुँदै आमा भन्नुहुन्थ्यो आज आमा औशी मेरी छोरी देवी प्रतिभाको रुप लिएर मलाइ भेट्न आउनु भयो । आमाका आँखामा आँशुका ढिल्का टलपल टलपट देखिन्थे ।
पोखरामा ४१ दिनसम्म निरन्तर सञ्चालन हुने गण्डकी कोटिहोम महायज्ञले यति बेला ध्यान आकर्षित गरेको छ । वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको उक्त महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर सहभागी हुन आह्वान गरिएको छ । नेपाल कै कान्छी भागवत बाचिका अनुराधा पाण्डे, अन्तर्राष्ट्रिय प्रसिद्ध श्रीमद्भागवत वाचिका देवी प्रतिभा देवीले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचन गर्ने तयारी रहेको छ ।
महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन् । आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ । आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।
गण्डकी कोटिहोममा दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आएकी देवी प्रतिभाको पछिल्लो सामाजिक र धार्मिक सक्रियताले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बैशाख १२ पोखरा : मानवसेवा फाउण्डेशनको आयोजनामा यही वैशाख १३ गते शनिवार विहान ७ बजे बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन भई जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार प्रसार तथा यज्ञको सफलताको लागी बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
कोटिहोम विराट ज्ञान महायज्ञ २०८२को पूर्वसन्ध्यामा हुन लागिरहेको मोटरसाइकल र्याली बिरौटा कार्यक्रम स्थलबाट शुरु भएर बिरौटा चोक, ड्याम साइड, राष्ट्र बैंक चोक,लेकसाइड, हलन चोक, जिरो कि।मी, मालेपाटन, हरीचोक, बगर चोक, पी।एन। क्याम्पस गेट, नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवी १३ नं वडा कार्यालय, कुडहर, मियापाटन, अमरसिंह चोक, वीरेन्द्र चोक, राम बजार, बुद्ध चोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक ,बिरौटाचोक हुंदै पुनः कार्यक्रम स्थलमा बिरौटामा पुगेर समापन गरिनेछ महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले बताउनु भएको छ ।
महायज्ञको प्रचार–प्रसार र धार्मिक, सामाजिक सद्भाव, सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताका लागि आयोजना गरिएको बिशाल मोटरसाईकल र्यालीमा सम्पूर्ण पोखरेलीहरुलाइ सहभागीताको लागी हार्दिक अनुरोध गर्नुभएको छ ।
मानवसेवा फाउण्डेशनले बैशाख ११ गते आयोजना गरिएको बृहत साईकल र्यालीमा १०० औं पोखरेलीहरुको सहभागिता रहेको थियो, यसैगरि फाउण्डेशनले महायज्ञको प्रचारको लागी बेशाख १२ गते बृहत ट्याक्सी र्याली समेत सम्पन्न गरेको छ र्यालीमा सहभागी ट्याक्सी चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दा र दर्शकहरूले र्यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए । र्यालीका क्रममा पोखराको सडकमा धार्मिक भजन र सन्देशमूलक नाराहरू गुञ्जिएका थिए ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि मानवसेवा फाउण्डेशनले यहि बैशाख १४ गते फेवातालमा डुङ्गा र्यालीको आयोजना समेत गरेको छ । बैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने कोटीहोम महायज्ञको बैशाख १६ गते १२ हजार पैदल बृहत कशलयात्रा सम्पन्न गर्नेछ । शान्तिघाट सेतीनदी बाट ल्याइएको शुद्ध जल महायज्ञको बेदिमा राखि बिद्धिवतरुपमा पुजाको शुभारम्भ गरिनेछ । कोटीहोम महायज्ञमा कथा सुन्ने तथा महायज्ञका विभिन्न कार्यक्रममा सहभागी प्रसाद स्वरुप सेवन गर्नाले आरोग्य भै जिवनमा आउने कठिन समय पनि समान्य हुने गरेको विभिन्न धार्मिक गुरुहरुवाट सुनिदै आएको छ ।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले पोखरावासी माझ महायज्ञको सन्देश पुर्याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको र्यालीमा सहभागी सम्पूर्णलाइ धन्यवाद दिनुभएको छ ।
बैशाख ११ पोखरा : मानवसेवा फाउण्डेशनको आयोजनामा यही वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन भई जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तीव्र पारिएको छ । महायज्ञको पूर्वसन्ध्यामा बैशाख ११ गते बिहीवार बिशाल साइकल रयाली सम्पन्न भएको छ । महायज्ञको प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बिशाल साइकल रयाली आयोजना गरिएको थियो । बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर बृहत साइकल र्याली सम्पन्न भएको छ । उक्त साईकल र्यालीमा १०० औं जना पोखराबासीहरुको सहभागीता रहेको थियो ।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार यही बैशाख १२ गते शुक्रबार विहान ७ बजे बृहत ट्याक्सी र्यालीको आयोजना गरेको बताउनु भएको छ ।
ट्याक्सी र्याली कोटिहोम स्थल बिरौटाबाट शुरुहुने ट्याक्सी र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक नागढुङ्गा, मुस्ताङ्गचोक पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर बृहत ट्याक्सी र्याली सम्पन्न हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले बताउनु भएको छ । उहाँ उक्त ट्याक्सी र्यालीमा सम्पूर्ण पोखरेलीहरुलाइ सहभागीताको लागी हार्दिक अनुरोध गर्नुभएको छ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि मानवसेवा फाउण्डेशनले यहि बैशाख १३ गते मोटसाइकल र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा सम्पन्न गर्नेछ ।




