२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

 पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो । खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ ।

बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितिसकेकी छिन् । उनले नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्धितीय र १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी प्राप्त गरिसकेकी छिन् ।

त्यस्तै अन्तर्राष्ट्रिय तर्फ सिड्नीमा भएको सत्ताइसौं ओलम्पिक गेममा सहभागि उनले राष्ट्रिय कीर्तिमानी समेत कायम गरेकी थिइन् । विभिन्न ७ वटा संस्करणका एशियन गेममा सहभागिलगाएत साफ च्याम्पियन र अन्तर्राराष्ट्रिय शुटिङ प्रतियोगितामा सहभागि भइसकेकी छिन् । खत्रीले गोरखा दक्षिण बाहु मानपदवी प्राप्त गरिसकेकी छिन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन २०६३ बाट उत्कृष्ट खेलाडीको रुपमा घोषणा भइसकेकी छिन् । गण्डकी प्रदेशमा शुटिङ प्रशिक्षकको रुपमा २०५१ सालदेखि खेलाडीलाई निशुल्क प्रशिक्षण समेत गराउँदै आएकी छिन् ।

यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्लले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

पोखरा ।
जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो ।

पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले एथलेटिक्स संघले रंगशालाको ट्रयाकको भाग सरसफाइ गरिएको जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले जानकारी दिए ।

संघले पोखरा रंगशालालाई सफाइ राख्ने उद्देश्यले वर्षेनी सरसफाइ गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप शुक्रबार रंगशाला परिसरमा सरसफाइ गरिएको र त्यसमा पश्चिम पृतनाको समेत सहयोग रहेको बताए । वर्षायाम अगाडि सरसफाइ गरिएको र वर्षा याममा पुन झारहरु उम्रिने भएकाले वर्षा लगतै पुन सरसफाइ गरिने उनको भनाइ रहेको थियो ।

भखैरै रंगशालामा संघको आयोजनामा राष्ट्रिय स्तरको खेल सम्पन्न गरिसकेको र उक्त खेल आयोजना गर्ने समयमा पनि सरसफाइ गर्ने आफुहरुको योजना रहेको भएतापनि समय अभावका कारण सरसफाइ गर्न नसकिएको र हाल आएर सरसफाइ गरिएको बताउदै गुरुङले आगामी दिनमा वर्षमा दुई पटक सम्म सरसफाई गरिने बताए ।

त्यस्तै कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मिलन गुरुङले पोखरा रंगशाला सरसफाइलाई ध्यान दिइएको बताए । विभिन्न संघ संस्थाहरुको सहकार्यमा पोखरा रंगशालाको सरसफाइलाई निरन्तरता दिइरहेको बताउदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उनको भनाइ रहेको थियो ।

जिल्ला एथलेटिक्स संघले रंगशाला भित्रको ट्रयाकमा जम्मा भएको फोहोरका कारण ट्रयाक जीर्ण हुने भएकाले वर्षमा दुई पटक आफुहरुले ट्रयाक सरसफाइ गर्ने संघका सचिव तथा सरसफाइ कार्यक्रमका संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । अधिकारीले रंगशालाको ट्रयाक विशेष गरी एथलेटिक्सका विभिन्न खेलहरु सञ्चालनका लागि आफुहरुकले प्रयोग गर्दै आइरहेकाले एथलेटिक्स संघले नै त्यसलाई चासोका साथ हेर्दै आइरहेको समेत बताए ।

काठमाडौँ ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो । गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।

साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको त्यही अध्ययनरत एक नेपाली विद्यार्थीले बताए । साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ ।

पोखरा  ।

 पोखरा महानगरपालिका वडा नं. २, मिरुवामा आजदेखि नयाँ इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO”  FAST CHARGING STATION  यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०% देखि ८०% सम्म चार्ज गर्न सक्छ।

श्रेष्ठका अनुसार, यो स्टेशनमा एकैपटक ४ वटा इलेक्ट्रिक गाडीहरू द्रुत गतिमा चार्ज गर्न सकिने सुविधा छ। “हामीले यात्रुहरूको सहजताका लागि यो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हौं। आवश्यकता अनुसार भविष्यमा थप चार्जरहरू पनि जडान गर्ने योजना छ,” उहाँले भन्नुभयो।

यो चार्जिङ स्टेशन विशेष गरी बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरू र कुस्मा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथ जाने यात्रुहरूलाई लक्षित गरेर बनाइएको हो। बागलुङ राजमार्गमा पर्ने यो स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूको यात्रा अझ सहज र भरपर्दो हुने यात्रुहरूले अपेक्षा गरेका छन्।

चार्जिङ स्टेशनमा आधुनिक डिजिटल डिस्प्ले र प्रयोगकर्ता-अनुकूल इन्टरफेससहितको चार्जर जडान गरिएको छ। पोखरामा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको सन्दर्भमा यो चार्जिङ स्टेशनले दिगो यातायात र वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ। स्थानीय बासिन्दा र मुक्तिनाथ दर्शन  गर्न EV गाडी लिएर हिँडेका श्रद्धालुहरूले पनि यो स्टेसन खोलेपछि निकै सहज भएको र धन्यवाद र आशीर्वाद पनि  दिएका छन्। यो सुविधाको स्वागत गर्दै आगामी दिनमा यस्ता चार्जिङ स्टेशनहरू थप विस्तार गर्नुपर्ने सुझाव दिएका छन् I

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् ।

“समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने ।मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै र अभिभावक शिक्षा जस्ता कार्यक्रमहरू ल्याइएको उल्लेख गरे ।

“शिक्षा अब केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन। प्रविधिमैत्री शिक्षाले मात्रै नेपाललाई बस्न योग्य, सीपयुक्त, र आत्मनिर्भर बनाउँछ”, उनले भने । मन्त्री थापाले उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै शिक्षालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।

स्नातक कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई शुभकामना दिँदै उनले नेपालमै अपार सम्भावना रहेको र युवाहरूले पढाइसँगै सीप विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थिति रहेको थियो। कलेजले समेत भविष्यमा गुणस्तरीय र व्यवहारिक शिक्षाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा अहिलेको पुस्ता उदासिन भएको उहाँको गुनासो छ ।

ब्रह्मचर्या आश्रम समितिद्वारा सञ्चालित महर्षि गुरुकुल वेद विद्याश्रम परिसरमा नवनिर्मित शिव पाञ्चायन मन्दिर एवं यज्ञशाला, गायत्री मन्दिर प्राण प्रतिष्ठा तथा शिव महिमाले भरिपूर्ण श्री लिङ्ग महापुराण ज्ञान यज्ञमा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो –‘गुरुकुल  आशाका केन्द्र हुुन् । भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन् । मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्। यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’

आजको शिक्षामा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएकाले यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गर्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो ।  

‘गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र पनि हो । गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षा नीतिसँग जोड्न अनिवार्य छ।’ उहाँले भन्नुभयो– ‘पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति छ । जसले गुरुकुल, गुुम्बा र मदरसालाई समेट्न प्रयास गरेको छ ।’

पञ्चदिवसीय कार्यक्रममा कलश यात्रासहित देव रथयात्रा, ज्ञान यज्ञ एवम् मन्दिर प्राण प्रतिष्ठा शुभारम्भ, महाआराती, पूर्णाहुती, दानदाता सम्मान लगायत कार्यक्रम भइरहेको छ ।  

 
 

पोखरा ।

पोखराको न्यूरोड घर भई हाल अष्टे«लिया निवासी सुजन कुमार सिल्पकारले बडी बिल्डिङ च्याम्पियनमा तहल्का मच्चाएका छन् । ३९ वर्षीय यी प्रोफेसनल नेचुरल बडी बिल्डर अमेरिकामा हुने नेचुरल ओलम्पियामा भाग लिने तयारीमा छन् । ओलम्पियालाई बडी बिल्डिङतर्फ सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ ।

त्यसो त उनी आई.सि.एन. बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि.एफ.ए.सी. वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन हुन् । अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा बढी गोल्ड मेडल र ट्रफी जितिसकेको बताउँछन् । उनका पदकमात्र डेढ सयभन्दा बढी छन् ।

बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा पत्रकार सम्मेलनमा उनको एउटै गुनासो छ, ‘नेपालको झण्डा बोकेर देशको नाम चम्काउँदै यतिधेरै मेडल जितेको छु । तर हामीजस्तो प्लेयरमा राज्यको ध्यान नपुग्दा दुःख लाग्छ ।’उनले आगामी डिसेम्बरमा अमेरिकामा हुने नेचुरल ओलम्पियामा नेपालको प्रतिनिधित्व गर्दै जाँदै गर्दा यहाँको सरकारको ध्यानाकर्षण होस् भनी जोड दिए ।

नेचुरल बडी बिल्डरलाई औषधीहरूबाट टाढा रहने बडी बिल्डर हुन् । यसरी ६ वर्षदेखि नियमितरुपमा नेचुरल बडी बिल्डिङ च्याम्पियनहरुमा भाग लिँदै आउँदा विभिन्न प्रतियोगितामा यस्तै उपाधि जित्दा आफू नेपाली भएकोमा गर्व महसुस हुने उनले बताए । खेलकुदबाट देशको चिनारी विश्वस्तरसम्म पु¥याउन सहजरुपमा मद्दत मिल्ने सिल्पकारको बुझाइ छ । सन् २०२३ मा न्यूजिल्याण्डमा सम्पन्न आई.एन.बि.एन. प्यासिफिक वल्र्ड च्याम्पियनसिपमा विभिन्न डिभिजनमा एकैपटक ९ वटासम्म गोल्ड मेडल जितेको उनको स्मरण छ ।

अष्ट्रेलियाको सिड्नीमा रहँदा उनले फिटनेससम्बन्धी पर्सनल ट्रेनरको रुपमा कार्यसमेत गर्दै आएका छन् । प्रो नेचुरल बडी बिल्डर प्लेयरको चिनारी बन्नु अघि उनी क्रिकेटर थिए । पोखरामै रहँदा उनी क्षेत्रीय क्रिकेट प्रतियोगितामा भाग लिएका थिए । सन् २००९ मा अष्ट्रेलिया गइसकेपछि सुरुआतका दिनमा विभिन्न सहर पुगेर क्रिकेट खेले । सन्् २०१२ मा ‘एनआरएनए नयाँ क्रिकेट क्लब’ बाट क्याप्टेनको प्रतिनिधित्वसमेत गरेका थिए ।

उनकी पत्नी सोनी गुरुङ सिल्पकार पनि तेक्वान्दोको २ डान प्लेयर हुन् । आफू यहाँसम्म आइपुग्नुमा पत्नीको निकै ठूलो साथ रहेको उनले पत्रकार सम्मेलनमा बताए । आफ्नै खर्चमा प्रतियोगितामा जानुपर्दा त्यसको सबै व्यवस्थापन उनै सोनीले गर्छिन । सिल्पकार दम्पतीका एक मात्र छोरा १० वर्षीय स्काइलर पनि तेक्वान्दो प्लेयर एवं बडी बिल्डिङ गरिसकेका छन् । यसरी उनको पारिवारिक वातावरण नै खेलमय बनेको छ । मेडल, ट्रफी, तरबारले उनको घर भरिएको छ ।

हालै नेपाल आउँदा सुजनको योगदानको कदर गर्दै उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । नेवाः मिसा पुच कास्की, नयाँ सडक सुधार समिति, टोखा नगरपालिका, नेपाल खेलकुद महासंघ अन्तर्गत उपत्यका विदेश प्रदेश कमिटी, बानेश्वर, शारीरिक सुगठन संघ गण्डकी प्रदेश कमिटी तथा कास्की जिल्ला कमिटी लगायतका संघसंस्थाले बधाई तथा सम्मान गरेका हुन् ।  

खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, सोनी गुरुङ सिल्पकार, मञ्चका महासचिव परशुराम शर्मा लगायतले बोलेका थिए । 

पोखरा ।
पोखराको जिरो किमी देखि हल्लनचोक जाने बाटोमा पर्ने बुलौदीको ओरालोमा पोखराको पर्यटकीय गन्तब्य चिनाउने गरी चित्रकला निर्माण गरिएको छ । पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट सङ्घको सहकार्यमा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो ।

पोखराको प्रमुख पर्यटकीय गन्तब्यहरु लाई चित्रको माध्यामबाट प्रचार प्रसार गरी पोखरा आउने पर्यटकलाई नजिकको पर्यटकीय गन्तब्यमा जान सघाउने उद्देश्यले निर्माण गरिएको उक्त चित्रकलाको बिहीबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले अनावरण गरेका छन ।

सो अवसरमा वोल्दै मेयर आचार्यले पोखरा ७ बुलौदी स्थित पुष्पलाल स्मृति पार्क संगै रहेको पर्खालमा निर्माण गरिएको चित्रकलाले पर्यटन वर्ष २०२५ सफल बनाउन सहयोग गर्ने बताए । पर्यटनको राजधानी पोखराको सौन्दर्यीकरण सहित पर्यटन प्रवद्र्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने उनको भनाइ रहेको थियो ।

सृजना र आट्र्हरुको मूल्य पैसामा गणना हुन नसक्ने भन्दै पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरुका चित्रहरु वनाएर पोखराको प्रचारमा कमर्शियल आर्टिष्ट संघका साथिहरुले ठुलो गुन लगाएको आचार्यले वताए । मजदूर दिवसको अवसरमा यस प्रकारका चित्रकलाहरुको अनावरणले श्रम प्रतिको सम्मान भएको समेत प्रमुख आचायको भनाइ रहेको थियो ।

सो अवसरमा कमर्शियल आर्टिष्ट संघका अध्यक्ष रमेश राईले पोखरा महानगर संग सहकार्य गरेर आफुहरुको कलाको माध्यामबाट पोखराको पर्यटकीय गन्तब्यलाई चिनाउन पाउदा खुसी लागेको बताए ।

नागरिक समाज पोखराका संस्थापक अध्यक्ष राम वहादुर पौडेलले महानगरले भ्रमण वर्ष सफल बनाउनका लागि कलाकारहरुको कलालाई समेत साथ दिएकोमा धन्यवाद ब्यक्त गर्दै समृद्ध पोखरा बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

पुम्दिकोट क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त वरालले पोखरा नजिकै रहेको पुम्दीकोटलाई समेत चित्रकलामा प्रस्तुत गरेकोमा खुसी ब्यक्त गर्दै पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तब्य बनेको भएतापनि त्यहां विभिन्न समस्याहरु देखा परेकाले त्यसको समाधानका लागि महानगरले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पुष्पलाल पार्कका अध्यक्ष लिलाभक्त वरालले पुष्पलाल पार्कको पर्खालमा पोखरा चिनाउने चित्रकला प्रदर्शन गरिरहदा पार्कको अवस्था नाजुक रहेकाले त्यसको संरक्षणका लागि महानगरका मेयर समक्ष आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले महानगर को ७ नम्बर वडामा पर्ने बुलौदी क्षेत्रमा निर्माण गरिएको चित्रकलाले समग्र पोखराको पर्यटकीय गन्तब्यको उजागर गर्ने बताए ।

उक्त अवसरमा चित्र वनाउने १३ जना कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।

पोखरा ।
‘नवौं पोखरा स्पोर्टस अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३–३ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने अवार्डअन्तर्गत मनोनयनको वर्ष खेलाडी पुरुषतर्फ वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आईटिएफ तेक्वान्दो–मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) परेका छन् ।

त्यसैगरि वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन् ।

मनोनयन सार्वजनिक कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले युवा विदेश पलायन हुँदा नेपालमा युवा नपाईने अवस्था आएको र खेलकुद क्षेत्रमा समेत यसले ठूलो असर पारेको बताए ।

देशको आर्थिक अवस्थानै खराब भैरहेको अवस्थामा अवार्डको पुरस्कार राशि वृद्धी गर्न नसकिएको जानकारी दिँदै मञ्चका अध्यक्ष एमबि आस्था मगरले अवार्डमा साथ दिन सबैमा आग्रह गरे । कार्यक्रममा एन्फा गण्डकीका सहायक प्रमुख विनोद गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक पुरस्कार टाईगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था पुरस्कार निट डेन्टल केयर प्रालि र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रायोजन सिटीजन फर्निचरले गर्नेछ ।

त्यसैगरि भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुम¥याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, सोल्टी पिउने पानी र यती एयरलाईन्सले समेत सहयोग घोषणा गरिसकेका छन् ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

बैशाख १६ पोखरा :  मानवसेवा फाउण्डेशनको आयोजनामा यही वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन भई जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा बिशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ ।

बृहत शोभा कलश यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै  गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो । कलश यात्रामा चर्चित कथा बाचिका देवी प्रतिभाको समेत सहभागिता रहेको थियो ।

शान्तिघाट नयाँबजार बाट शुरु हुने भनिएको शोभा कलश यात्रा बृहत भएका कारण एक ठाउँबाट असम्भव भएकाले सहजताको लागी हरिहर मन्दिर महतगौडाबाट समेत शोभा कलशयात्रा शुरु गरिएको गण्डकी कोटीहोम मुल आयोजक समितिका महासचिव गिरिराज अधिकारीले जानकारी दिनुभएको छ ।

मानवसेवा फाउण्डेशन नेपालले ११ हजार शोभा कलशयात्रा तयार गरे पनि १५ हजार भन्दा बढी पोखरेली, गण्डकी बासि तथा नेपालका बिभिन्न ठाउँहरुबाट पनि बृहत कलश शोभा यात्राको लागी पनि भत्तजनहरुको उपस्थित रहेको थियो ।
पोखरामा आयोजना गरिएको गण्डकी कोटीहोम सम्पन्नमा देखिएका बिभिन्न चुनौतीहरु पार गर्दै गण्डकी कोटीहोम उद्घाटनको पूर्वधन्यामा आयोजित बृहत शोभा कलश यात्राले यति बेला पोखेली हुनुमा गर्व महसुस भएको विभिन्न संघ संस्थाले जनाएका छन् । मंगलबार पोखरावासीहरुमा देखिएको उत्साहले अहिलेसम्म पोखरामा यस्तो कुनै पनि कार्यक्रम नभएको र हुन पनि नसक्ने पोखरावासीहरुको अनुमान रहेको छ ।

अछाम जिल्लाको साँफेबगरवाट गण्डकी कोटीहोम बृहत कलश यात्रामा सहभागि हुन आएका १० जना टोलिका प्रमुख गंगाराम बुढाले पोखराका देवी प्रतिभा, अनुराधा पाण्डे जस्ता कलियुगका भगवानको उपस्थितीमा सम्पन्न कोटीहोमको लागी सवै एकजुट हुनुपर्ने बताए ।

पोखरा लेकसाईडका बरिष्ठ पर्यटन व्यवसायीहरु हिजो लेकसाइड क्षेत्रमा कोटीहोम हुनुहुदैन भनेर अर्काको उक्साहटमा लाग्दा आज पछुतो महसुस भएको बताएका छन् यस्तो उत्कृष्ट कार्यले विश्वको नजर यति बेला पोखरामा भएको पोखरामा लाखौ आन्तरीक पर्यटकहरु आउदा हामी आफैलाइ अमृत समान हुने कुराबाट हामी आफै बज्चित भएको बताउँदै कोटीहोम सफल पार्न सम्पूर्णलाइ आग्रह समेत गरेका छन् । लेकसाईडमा कोटीहोम हुनुहुदैन भनेर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने पात्र म पनि एक हुम तर आज आफ्नो नाम बताउन लाज भएको बताउँदै यो बृहत शोभा कलशयात्राको रौनकले अत्यन्तै मन खुसि भएको बताएका छन् ।

मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बृहत साईकल र्याली, बैशाख १२ गते बृहत ट्याक्सी र्याली, बैशाख १३ गते बृहत मोटरसाईक र्याली गर्दै मंगलबार बैशाख १६ गते बृहत ११ हजार कलश शोभायात्रा सम्पन्न गरेको छ ।

यति बेला पोखरामा कुम्भ मेलाको रौनक देखिएको छ । नेपालका विभिन्न जिल्लाबाट धार्मिक तथा सामाजिक अभियान्ताहरु, योगी, साधुसन्तहरु, धार्मिक गुरुहरु, विभिन्न प्रदेशका जनप्रतिनिधिहरु, बरिष्ठ पत्रकारहरु, ठुला, ठुला युथटुवर च्यानलका संचालकहरु पोखराको बिरौटामा जमघट भएको देखिन्छ ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्‍यालीले पोखरावासी माझ महायज्ञको सन्देश पुर्‍याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्वपूर्ण योगदान पुर्‍याएको र्यालीमा सहभागी सम्पूर्णलाइ धन्यवाद दिनुभएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।