२०८३ कार्तिक १७ सोमबार
२०८३ कार्तिक १७ सोमबार

पोखरा ।

र्‍यान्डम रिडर्स सोसाइटीमा शनिवार मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा गरिएको छ ।सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी भएको धारणा राखे । उनले भने, “जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन् ।”

समाजका चम्चेहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार गर्न निबन्ध सफल भएको भन्दै वाग्लेले चम्चागिरी गर्नेहरू ठुलाबडाका पैतालावरिपरि भेटिने यथार्थ शर्माले प्रस्तुत गरेका बताए । देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एकसाथ प्रस्तुत गर्न कृति सफल रहेको वाग्लेको भनाइ छ । निबन्धमा गरिएका केही नयाँ प्रयोगले निबन्धकार शर्मालाई विशिष्ट पहिचान दिएको भन्दै उनले आम नेपालीको चाहनालाई निबन्धमा उतारिएको बताए ।

निबन्धकार शर्माले आफूले जीवनमा देखे÷भोगेका कुरालाई निबन्धका रूपमा प्रस्तुत गरेको बताए । विचार प्रवाहका लागि निर्बन्ध ढङ्गले लेखिएका निबन्धहरू लेख्ने प्रयास गरेको उनको भनाइ थियो ।हिउँचुलीमा हिउँ बग्यो…, वनमाराले वनै खायो… लगायत चर्चित गीतका गीतकारसमेत रहेका शर्माको यसअघि ‘शब्दशिविर’ नामक निबन्ध सङ्ग्रह प्रकाशित छ । गणित विषयका विभिन्न पाठ्यपुस्तकसमेत लेखेका उनी लिटिल एन्जल स्कुल, काठमाडौँका प्रिन्सिपल हुन् । ‘धोबीघाट मेलोडी’ कामना न्युज पब्लिकेसन्सले बजारमा ल्याएको हो ।

साहित्यकार सरुभक्तले मुकुन्दराज शर्माका निबन्धमा भएको काव्यिक गुणले आफू प्रभावित भएको बताए । उनले ¥यान्डमले पोखरामा बौद्धिक बहसको मञ्च सिर्जना गरेको बताउँदै यसले साहित्यिक तथा दार्शनिक क्षेत्रमा विशेष महŒव राख्ने बताए ।निबन्धमै विद्यावारिधि गरेका डा. जीवलाल बस्यालले आफू शर्माका निबन्धसँग लामो समयदेखि परिचित रहेको बताउँदै उनका निबन्धमा पाइने छुट्टै स्वादले पाठक प्रभावित हुने गरेको अनुभव सुनाए ।

सोसाइटीका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले कृति विभिन्न फूलहरूको माला जस्तै सुन्दर बनेको भनाइ राखे । ससाना कुरामा पनि भावुक भएर निबन्ध लेख्नु शर्माको निबन्धगत वैशिष्ट्य भएको पौडेलले बताए ।कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा कृतिमाथि बहस गर्दै आएको सोसाइटीले जेठ महिनाको अन्तिम शनिवार सुरेश भुसालको कृति ‘छालबाटो’ माथि रोशन शेरचनले परिचर्चा गर्ने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ ।
प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो ।

संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले गण्डकी प्रदेश भित्र सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफूले सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो ।समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले संगठित आवाजलाई वलियो बनाउन सकियो भने भ्रष्टाचार हट्दै जाने भनाइ उहाँको छ ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रुपमा मौलाएको भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा जनता नै प्रमुख भएकाले उनीहरुलाई केन्द्रमा राखेर सरकार अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो ।संविधानविद् प्राडा विपीन अधिकारीले भ्रष्टाचार समाजमा सरल रुपमा उपस्थित भएकाले यसलाई न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकायहरु चुस्तजुरुस्त हुनुपर्नेमा जोड दिनुभयो । नेपालको न्यायप्रणालीमा समेत ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायलयप्रति निरासा देखिने गरेको भनाइ उहाँको छ ।

नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सक्यौ भने मात्र दलहश्रले जनताको मन जित्न सक्ने बताउनुभयो । नेपालीलाई समृद्ध बनाउन तर्फ सरकारका ध्यान दिन आवश्यक छ ।कार्यक्रमका अवसरमा संस्थामा योगदन पु¥याएवापत उक्त संस्थाका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो । उक्त अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । उक्त कार्यक्रम समाजका कास्की अध्यक्ष वीरबहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।

पोखरा ।

गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित पेमा धेछेन्लिङ गुम्वामा शनिबार आयोजना गरेको प्रवचन कार्यक्रम उदघाटन गर्दै थापाले छिमेकी मुलुक विच चर्केको द्धन्द, रुस युक्रेन विचको युद्धले मानब जगतलाई अशान्त तुल्याएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा २५ सय ६९ बर्ष अघि जन्मिएर पनि आजको विश्व परिबेश सुहाँउदो उपदेश र ज्ञान दिएर भगवान गौतम बुद्धले मानब सभ्यतालाई गुन लगाएको बताउनुभयो । बुद्धले देखाएको मार्गमा चल्न सके विश्वमा शान्ती छाउने उहाँको जोड थियो । उहाँले पोखराको लेकसाइड नजिकै निर्माण भएको गुम्बा पर्यटकिय आकर्षणको केन्द्र बन्दै गरेको सन्दर्भमा प्रदेश सरकारले पनि गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा खेम्पो आचार्य सम्तेन लामाले भगवान गौतम बुद्धको बुद्धत्व, परिनिर्वाण तथा उपदेशबारे प्रवचन दिनुभएको थियो । उहाँले मानिसको दुखको कारण तृष्णा भएको साथै तृष्णालाई जित्न सके दुखलाई जित्न सकिनेमा जोड दिनुभयो । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा महात्मा गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण समेत भएकाले योे तिथिलाई संसारका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका (बुद्ध जयन्ती) रूपमा मनाउने गरेको उहाँले स्मरण गर्नुभयो ।

पोखरामा आयोजित बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रम अन्र्तगत भएको प्रबचन कार्यक्रममा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले सबैको सहयोगमा पेमा धेछेन्लिङ गुम्वाको निर्माण गरिएको र यो गुम्वा पनि पोखराको धार्मिक पर्यटकिय गन्तब्य बनेकोमा खुसी प्रकट गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र पहारी, पेमा धेछेलिङ गुम्बाको प्रमुख लामा, नेपाल तामाङ लामा घेदुङको संघिय अध्यक्ष गुरु पाल्देन लामा, सुनिता लामा, रोश्मा तामाङले बोलेका थिए ।

गुम्वामा बुद्ध जयन्तीको दिन पुजा तथा वाङ कार्यक्रम राखिएको पनि समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिनुभयो ।

पोखरा । लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने रहनुुभएको छ ।

समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जिीवि भूर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी रहनुुभएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले सामाजिक सञ्जालको बढ्दो प्रयोगले चुनौतीपूर्ण बन्दै गएको बर्तमान अवस्थामा पत्रकारिताको मर्म र भावनालाई मर्न दिन नहुने बताउनुुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लेखनाथ क्षेत्र प्राकृतिक रुपमा सुन्दरका साथै यहाँका संघसंस्थाबीच सहकार्य र एकता राम्रो रहेको भन्दै प्रशंसा गर्नुभयो ।

मञ्चका अध्यक्ष कविराज खनालको सभापतित्व एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा संस्थापक अध्यक्ष भीमपाणि बरालले स्वागत गर्नुुभएको थियो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, कृयाशिल महिला पत्रकार संघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पगेनी, पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोल्नुुभएको थियो ।

कार्यक्रममा मञ्चको संस्थागत विकासमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै लेखनाथ उद्योग वाणिज्य संघ, पुरस्कार अक्षयकोषदाता पोखरा ३० का शेरबहादुर गुरुङ, सहयोगदाता पोखरा ३२ का बुद्धिमान गुुरुङ, पोखरा २९ आदर्श हार्डवेयरका सञ्चालक विजय गुुरुङ, र पोखरा २६ का नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछाने लाई सम्मान गरिएको थियो ।

काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र पाकिस्तानका अधिकारीहरूले पुष्टि गरेका छन् ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले भनेका छन्, ’शनिबार भारतीय समयअनुसार ३ः३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच फोन वार्तालाप भएको छ । सो कुराकानीका आधारमा भारतीय समयअनुसार शनिबार ५ बजेदेखि दुवै पक्षबीच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न दुई पक्षबीच सहमति भएको छ ।’

यस्तै, पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इसक दरले पनि भारत र पाकिस्तानबीच तत्काल युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले पाकिस्तान सँधै यस क्षेत्रको शान्ति र सुरक्षाको पक्षमा रहेको र आफूहरूले देशको सार्वभौमिकता र अखण्डतामा कुनै सम्झौता नगर्ने प्रतिक्रिया दिएका छन् । दुवै पक्षबीच मे १२ मा कुराकानी हुने बीबीसीले जनाएको छ ।

 

पोखरा, वैशाख २०, २०८२

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले कम्पनीको २४औं वार्षिकोत्सव पार गर्दै २५औं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक भव्य रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कुल ६१ युनिट रक्त संकलन गरिएको छ।

कार्यक्रमको सभाध्यक्षता गण्डकी प्रदेश प्रमुख श्री सहदेव अधिकारीले गर्नुभएको थियो भने नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख श्री शम्भु प्रसाद मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

यस अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावली, आकस्मिक रक्तदान केन्द्र पोखराका व्यवस्थापक हरिचन्द्र शर्मा, चेम्बर अफ कमर्शका अध्यक्ष उमराज वास्तोला, निप्स च्याप्टर अध्यक्ष बद्री पौडेल, आकस्मिक रक्तदान युनिट संयोजक नेत्रप्रसाद ढकाल, नेपाल लाइफ पोखरा शाखा प्रमुख उपेन्द्र तिमिल्सिना तथा पेशागत विमा अभिकर्ता संघ पोखरा शाखा समिति अध्यक्ष दीपक प्रसाद पराजुली विशिष्ट अतिथि थिए।

कार्यक्रम सञ्चालन पेशागत विमा अभिकर्ता संघका केन्द्रीय सदस्य श्री दामोदर सापकोटाले गर्नुभएको थियो भने शुभकामना मन्तव्य पोखरा शाखा प्रमुख श्री उपेन्द्र तिमिल्सिनाले राख्नुभएको थियो।

प्रमुख अतिथि श्री शम्भु प्रसाद मिश्रले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वार्षिकोत्सवमा सामाजिक कार्यमार्फत समाजप्रति योगदान पुर्‍याउँदै आएकोमा प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता सकारात्मक प्रयासहरूलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो। अन्य अतिथिहरूले पनि नेपाल लाइफको योगदानको उच्च मूल्यांकन गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रममा पेशागत विमा अभिकर्ता संघ गण्डकी प्रदेशका सदस्य निलकण्ठ उपाध्याय (असिम), पोखरा शाखा समितिका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरू, विभिन्न वित्तीय संस्थाका प्रमुखहरू, पत्रकार, वरिष्ठ एजेन्सी मेनेजर, व्यवसाय संयोजक, बीमित तथा स्वेच्छिक रक्तदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल लाइफ पोखरा शाखा परिवारले कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गरेको छ। साथै, आकस्मिक रक्तदान केन्द्र र बीमा प्राधिकरण गण्डकी प्रदेश परिवारलाई विशेष धन्यवाद दिइएको छ।

किनकि जीवन अमूल्य छ…

Award ceremony at Nepal Life 25th Anniversary event – Honoring blood donors and contributors

Blood donors receiving certificates at Nepal Life 25th Anniversary blood donation event

Blood donors proudly receiving certificates of appreciation during the Nepal Life 25th Anniversary blood donation program in Pokhara

Dignitaries presenting awards to blood donors and key contributors during the Nepal Life 25th Anniversary event in Pokhara

 

पोखरा ।

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो । भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २८–२६ ले आफ्नो पक्षमा पा¥यो ।

समूह ‘बी’ अन्तर्गतको आगामी खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुनेछ । उक्त खेलको नतिजाले सेमिफाइनल जाने टोलीको टुंगो लाग्नेछ ।

यसअघि आजै भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इरानी टोलीले पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो ।

समूह ‘ए’ अन्तर्गत अन्तिम खेल शनिबार गण्डकी प्रदेश र एपीएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । उक्त खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । त्यसपछि आर्मी र पुलिसबीचको खेल सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखरा  । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार बेहोर्नुप¥यो । इरानी टोलीले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पा¥यो ।

इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । यसअघि, हिजो भएको खेलमा भारतीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।

काठमाडौं ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश निर्वाचित भए । उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुवर, कोषाध्यक्षमा खिन्त बहादुर भण्डारी (भरत) र सहकोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसैगरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । निबर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य हुनेछन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले महासंघलाई देशभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पद तथा गोपनियताका सपथ ग्रहणसँगै उनले आफ्ने प्रतिबद्धता व्यक्त गर्दै देशभरका हेभी इक्विपमेन्ट व्यवसायीलाई महासंघको छातामा समेट्ने बताए । ‘हेभी इक्विपमेन्ट व्यवसायीहरुको हकहितमा निरन्तर काम गर्नेछौं,’ उनले भने, ‘हामी कार्यतालिका बनाएर कार्यक्रमहरु अगाडि बढाउनेछौं ।’

यस अगाडि महाधिवेशनको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले हेभी इक्विपमेन्टकै माध्यमबाट विकास निर्माणको काम हुने बताउँदै हेभी इक्विपमेन्ट व्यवसायीहरुको हितमा काम गर्न सरकार तयार रहेको बताए । आर्थिक मन्दीको मार सबै क्षेत्रमा परेजस्तै निर्माण क्षेत्रमा पनि परेको बताउँदै क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रेमलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार तथा अग्रज निर्माण व्यवसायी रमेश शर्माले विकासमा सरकारको गलत नीति रहेको बताउदै सुधार गर्न सुझाव दिए ।कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, पेट्रोलियम डिलर एसोसिएसन महासंघका महासचिव विश्वप्रसाद अर्याल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुवँर लगायतले बोलेका थिए ।

महासंघका अध्यक्ष प्रेम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव सुरेश खत्रीले महासंघका गतिविधिहरुका बारेमा धारणा राखेका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा चित्रकारहरुसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

चितवन । भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षण सहित ३ महिना अर्थात ३९० घण्टा सञ्चालन हुनेछ ।तालिमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकास मात्र नभई रोजगारी सिर्जना गर्नतर्फ केन्द्रित रहेको बताउनुभयो ।

महानगरपालिकाले विगत वर्षहरु पनि वडागत रुपमा ४ हजार बढीलाई तालिम प्रदान गरिएको पनि उल्लेख गर्नुभयो ।प्रमुख दाहालले अबको केही दिनमा मागमा आधारित १७ सय जना युवाहरुलाई विभिन्न किसिमको तालिम दिन लागेको जानकारी दिनुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले देशका युवाहरुलाई सीपमूलक तालिम दिई वैदेशिक रोजगारमा जाने संख्यालाई न्यूनिकरण गर्न सकिने बताउनुभयो ।३ महिनासम्म हुने तालिममा सकृय रुपमा सहभागी भई दक्ष नागरिकको प्रमाण पत्र लिन सफल हुन उपप्रमुख अधिकारीले शुभकामना पनि दिनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले राज्यले नागरिकलाई स्वलम्बी बनाउन तालिमहरु दिदै आइरहेको र यसको राम्रोसँग सदुपयोग गर्न आग्रह गर्नुभयो ।सीपमूलक तालिम अन्र्तगत कम्प्युटर मर्मत, मोबाईल मर्मत, कुक, वेटर, ब्युटिसियन, गार्मेन्ट, मेशिन अपरेटर, फेसन डिजाईनर, प्लम्बर, केयर गिभर, हाउस किपिङको तालिम दिन लागेको रोजगार शाखाका प्रमुख सेन्देश वाग्लेले जानकारी दिनुभयो ।

सिटीभिटिईबाट सम्बन्ध प्राप्त नेपाल उद्यमी विकास परार्मश केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय, वल्र्ड लिङ टेक्निकल ट्रेनिङ इन्सिटिच्युट, नवरत्न टेनिकल ट्रेनिङ इन्सिटिच्युट, ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर, सिमेगा ह्युमन एकेडमी, एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले तालिमको सहजीकरण गर्नेछन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का चितवन जिल्ला संयोजक रामचन्द्र लम्साल, कान्तिपुर बहुप्राविधिक शिक्षालयका श्यामजी कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।